१० भदौ २०८३, बिहिबार

यूएईमा रहेका नेपालीलाई अफवाह नफैलाउन र सुरक्षा मापदण्ड पालना गर्न दूतावासको आग्रह


अ+
अ-

काठमाडौँ, चैत १ । नेपाली राजदुतावास, आबु धावीले संयुक्त अरब इमिरेट्स (यूएई) मा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जालमा अफवाह फैलाउने तथा भ्रामक सामग्री पोस्ट नगर्न त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ।
दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ मा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य प्रविधिमार्फत अज्ञात स्रोतबाट आएका भ्रामक समाचार, हल्ला तथा आधिकारिक पुष्टि नभएका सामग्रीहरू पोस्ट, शेयर वा प्रसारण नगर्न अनुरोध गरिएको छ। यस्तो सामग्रीले यूएईको सुरक्षा स्थितिबारे भ्रम फैलाउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार यूएईमा रहेका सबै नेपालीले स्थानीय कानूनको पूर्ण पालना गर्नुपर्छ। गैरकानुनी तथा अनधिकृत गतिविधिमा संलग्न भएमा यूएईको कानूनअनुसार कडा कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ। त्यस्ता गतिविधिमा संलग्न पाइएमा कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय र एक लाखदेखि दुई लाख दिरहमसम्म जरिवाना हुन सक्ने उल्लेख गरिएको छ।
दूतावासले यूएई सरकारले तोकेका सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्न र आफूले पाएको जानकारी आफ्ना साथीभाइ तथा समुदायमा सही रूपमा पुर्‍याउन पनि आग्रह गरेको छ। वर्तमान जटिल परिस्थितिसँग सम्बन्धित कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न तथा सुरक्षा अवस्थाबारे भ्रम फैलिने खालका तस्बिर वा भिडियो प्रसारण नगर्न विशेष अनुरोध गरिएको छ।
यसैगरी, सुरक्षा निकायले अवरोध गरी जमिनमा खसेका अवशेष (डिब्रिस) का तस्बिर खिच्ने, त्यसको नजिक जाने वा त्यस्ता सामग्री छुनु जस्ता कार्य नगर्न पनि दूतावासले चेतावनी दिएको छ।
अद्यावधिक सूचना तथा जानकारीका लागि दूतावासले नेपाली राजदूतावास अबुधाबी र नेपाली महावाणिज्य दूतावास दुबईका आधिकारिक फेसबुक पेजहरू हेर्न अनुरोध गरेको छ। साथै यूएईका सरकारी निकायहरूले जारी गर्ने सूचना तथा अपडेटहरू पनि नियमित रूपमा अवलोकन गर्न आग्रह गरिएको छ।
दूतावासले सबैलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न अनुरोध गर्दै यूएईमा रहेका नेपाली समुदायलाई संयमता अपनाउन अपिल गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार...

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो...

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्