२६ श्रावण २०८३, मंगलबार

प्रतिनिधिसभा मतगणना अपडेट : राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, ४३ क्षेत्रमा नतिजा सार्वजनिक


अ+
अ-

काठमाडौं, फागुन २३ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा हालसम्म ४३ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा बढी स्थानमा विजयी हुँदै अग्रस्थानमा देखिएको छ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ३४ स्थानमा जित हासिल गरेको छ भने ८५ स्थानमा अग्रता कायम गरेको छ। यसै बीच चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितको ‘ह्याट्रिक’ गरेका छन् । यसपालि उनी ५४ हजार ४०२ मतसहित विजयी भएका हुन् ।
उता झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहकाे ३४ हजार ८ सय ६३ मत पुगेकाे छ भने नेकपा, एकालेका सभापति के. पी. शर्मा ओेलीकाे ९ हजार ६८ मत पुगेकाे छ ।
नेपाली कांग्रेसले ५ स्थानमा विजय हासिल गरेको छ र १० क्षेत्रमा अग्रता लिएको देखिएको छ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले २ स्थानमा जित हात पारेको छ भने ८ क्षेत्रमा अग्रता कायम गरेको आयोगको तथ्यांकमा उल्लेख छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले १ स्थानमा विजय हासिल गर्दै १ क्षेत्रमा अग्रता लिएको छ।
अन्य दलमध्ये श्रम संस्कृति पार्टीले अहिलेसम्म कुनै स्थानमा जित निकाल्न सकेको छैन तर ४ क्षेत्रमा अग्रता कायम गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हालसम्म कुनै क्षेत्रमा जित हासिल गर्न नसके पनि केही स्थानमा अग्रता लिएको आयोगले जनाएको छ।
यस्तै समानुपातिक तर्फको मतगणनामा हालसम्म १ लाख २८ हजार ५२५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ७२ हजार २६१ मतसहित अग्रस्थानमा छ। नेपाली कांग्रेसले २१ हजार १७४ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले १२ हजार ९१४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ हजार ३७३ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ५ हजार १७१ मत ल्याएको छ। राष्ट्रिय परिवर्तन पार्टीले २ हजार ८७० मत तथा श्रम संस्कृति पार्टीले २ हजार ४५७ मत प्राप्त गरेका छन्।
देशभरका बाँकी निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले आगामी समयसँगै परिणाममा थप परिवर्तन आउन सक्ने निर्वाचन आयोगले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प...

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास...

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेमा प्रधानमन्त्री शाहको जोड

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेमा प्रधानमन्त्री शाहको जोड

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेमा प्रधानमन्त्री शाहको जोड...

भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रधानमन्त्री शाहको जोड

भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रधानमन्त्री शाहको जोड

भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रधानमन्त्री शाहको जोड...

लुटपाटमा संलग्न चार जना पक्राउ

लुटपाटमा संलग्न चार जना पक्राउ

लुटपाटमा संलग्न चार जना पक्राउ...

विपद्का जोखिम पहिचान तथा बहु–जोखिम अध्ययन आवश्यक : डा. उप्रेती

विपद्का जोखिम पहिचान तथा बहु–जोखिम अध्ययन आवश्यक : डा. उप्रेती

विपद्का जोखिम पहिचान गरी बहु–जोखिम अध्ययन आवश्यक : डा. उप्रेती...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्