१६ बैशाख २०८३, बुधबार

प्रमद्वारा होली सन्देश : निर्वाचनमा सहभागी हुन आह्वान, मध्यपूर्व युद्धप्रति चिन्ता व्यक्त


अ+
अ-

काठमाडौं, फागुन १८ । प्रधानमन्त्री सुशीला कार्कीले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले होली रंग र सद्भावको पर्व भएको उल्लेख गर्दै आपसी मेलमिलाप, एकता र सहकार्यको भावना सुदृढ बनाउन सबैलाई आग्रह गरेकी छिन्।"निर्वाचनको रंग र हाेलीकाे रंग मिलेर नयाँ उत्साह छाओेस्" भन्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई संस्थागत र बलियो बनाउन निर्वाचन महत्वपूर्ण कडी भएकोले नागरिक सहभागितालाई निर्णायक मानेकी छिन्।

सम्बाेधनमा छाेटाे समयमम निर्वाचनको तयारी गर्ने निर्वाचन आयाेग, सुरक्षा निकाय, कर्मचारी, प्राविधिक सहयाेग गर्ने देशी तथा विदेशी निकायहरू तथा राष्ट्रसमेतलाई आभार व्यक्त गर्दै आजकाे अन्तिम चनावी प्रचारलाई भयरहित बनाउन आव्हान गरेकी छिन् ।

उनले २१ गतेको निर्वाचनलाई जिम्मेवार नागरिकको कर्तव्यसँग जोड्दै शान्तिपूर्ण, मर्यादित र निष्पक्ष वातावरणमा मतदान सम्पन्न गराउन सबै पक्षले भूमिका खेल्नुपर्ने बताएकी छिन्। “निर्वाचन हाम्रो लोकतान्त्रिक अभ्यासको आधार हो, यसलाई सफल बनाउन सबैको साथ आवश्यक छ,” उनको भनाइ छ।

प्रधानमन्त्रीले सरकारले सुरक्षा व्यवस्था, प्रशासनिक तयारी र आवश्यक समन्वयमा ध्यान दिइरहेको जानकारी दिँदै कुनै पनि प्रकारको अवाञ्छित गतिविधिबाट टाढा रहन आग्रह गरेकी छिन्।

भिडियो सन्देशमा उनले मध्यपूर्व क्षेत्रमा विकसित युद्ध अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेकी छिन्। उक्त क्षेत्रको अस्थिरताले विश्व शान्ति, अर्थतन्त्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षामा असर पर्न सक्ने भन्दै सरकारले आवश्यक कूटनीतिक पहल र निगरानी गरिरहेको उल्लेख गरेकी छिन्।

होली जस्तो सद्भाव र सहअस्तित्वको पर्वले हिंसा र द्वन्द्वभन्दा संवाद र शान्तिको मार्ग रोज्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ।

अन्त्यमा उनले सम्पूर्ण नेपालीलाई सुरक्षित, मर्यादित र संयमित ढंगले होली मनाउन तथा लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागी हुन आग्रह गरेकी छिन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्