१ श्रावण २०८३, शुक्रबार

निर्वाचन सुरक्षामा नेपाली सेना प्रतिबद्ध


अ+
अ-

काठमाडौं, फागुन १८ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउन नेपाली सेना पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।

रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा एकीकृत सुरक्षा योजना–२०८२ अनुसार सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै निर्वाचन सुरक्षाको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिने उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार निर्वाचन सुरक्षासम्बन्धी सबै कार्यहरू “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४” तथा “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२” अनुरूप सञ्चालन भइरहेका छन्। मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका प्रतिनिधि तथा नेपाली सेनाको संयुक्त टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पु¥याउने व्यवस्था मिलाइएको सेनाले जनाएको छ।
नेपाली सेनाले विगतका निर्वाचनहरूमा पनि मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौंस्थित केन्द्रबाट देशभरका जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, मतदान अवधिभर बाह्य घेरामा सुरक्षा प्रदान गर्ने तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पु¥याउने जिम्मेवारी निर्वाह गर्दै आएको स्मरण गराएको छ।

प्रेस विज्ञप्तिमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनदेखि सम्पन्न सबै निर्वाचनहरूमा सेना परिचालन भई तोकिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको उल्लेख गर्दै यस पटकको निर्वाचन पनि शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ।

नेपाली सेनाले निर्वाचन प्रक्रियामा खटिने सम्पूर्ण सुरक्षाकर्मी र सरोकारवाला निकायबीच समन्वयलाई थप सुदृढ बनाउँदै निर्वाचनलाई विश्वसनीय र सुरक्षित वातावरणमा सम्पन्न गराउन प्रतिबद्धता दोहोर्याएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्