७ असोज २०८३, बुधबार

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह


अ+
अ-

काठमाडौं, असोज ७ । यही असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा शैक्षिक संस्थालाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञबाट प्राप्त पूर्वानुमानअनुसार उक्त अवधिमा बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो तथा सडक अवरोधसँगै विद्युत् र सञ्चार सेवामा समेत अवरोध हुन सक्ने जोखिम रहेकाले मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइमार्फत सम्बन्धित निकायलाई समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो।
मन्त्रालयले असोज ९ र १० गते विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित हुने गरी स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न/गराउन भनेको छ।
त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न आग्रह गरिएको छ।
विपद्का कारण सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न पनि मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।
मन्त्रालयले अभिभावकलाई समेत बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सम्बन्धित शिक्षा विभाग, स्थानीय तह र सरोकारवालालाई पत्राचार गर्दै सम्भावित विपद्का बेला विद्यार्थी तथा शैक्षिक संस्थाको सुरक्षा पहिलो प्राथमिकतामा राखेर आवश्यक समन्वय र पूर्वतयारी गर्न आग्रह गरेको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह

असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह

असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह...

बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग

बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग

बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग...

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण...

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह...

महिला हेरचाहको अदृश्य बोझलाई विदेश नीतिमा सम्बोधन गर्नुपर्ने बन्दना रानाको जोड

महिला हेरचाहको अदृश्य बोझलाई विदेश नीतिमा सम्बोधन गर्नुपर्ने बन्दना रानाको जोड

महिला हेरचाहको अदृश्य बोझलाई विदेश नीतिमा सम्बोधन गर्नुपर्ने बन्दना रानाको जोड...

जलवायु संकटमा गुटेरसको चेतावनी : ‘विश्वको छानो भत्किँदैछ’

जलवायु संकटमा गुटेरसको चेतावनी : ‘विश्वको छानो भत्किँदैछ’

जलवायु संकटमा गुटेरसको चेतावनी : ‘विश्वको छानो भत्किँदैछ’...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्