काठमाडौँ, असाेज ५ । राहदानी विभागले आफ्नो कार्यालयमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको कारण राहदानीसम्बन्धी सम्पूर्ण सेवा प्रभावित भएको जनाएको छ ।
विभागले आज एक जरुरी सूचना जारी गर्दै सडक अगाडि भएको बसको आगलागीको कारण विभागमा प्रवाह हुने विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भई राहदानीको छपाई प्रक्रियासमेत प्रत्यक्ष असर परी राहदानीको वितरणमा कठिनाई भएको वर्तमान अवस्थालाई ध्यान दिई राहदानी आवेदन दिइसक्नु भएका सेवाग्राही सबैले वैकल्पिक गरी सेवा लिइदिनुहुन विभागले अनुरोध गरेको छ ।
यसैगरी, विभागले यस अवधिमा राहदानी आवेदन संकलन प्रक्रिया पूर्ववत् रूपमै सञ्चालन हुने र माथि उल्लिखित समस्याको समाधानसँगै राहदानी वितरण सेवा समेत नियमित हुने बेहोरा सादर अनुरोध गरेको छ ।
विभागले आफ्नो सेवा प्रभावित भएकोमा सेवाग्राहीहरूसँग क्षमा माग्दै यथाशीघ्र सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएको छ । स्मरणीय छ, ट्राफिक प्रहरी र गाडी चालककाे विवादमा थानकोट रूटमा चल्ने रिद्धिसिद्धि यातायातमा चालक आफैंले बसमा आगाे लगाएका थिए ।
मेगु पोस्त: नेवाः टाइम्स
पाउलिन हेन्सनविरुद्ध अस्ट्रेलियामा आन्दोलन जारी, विद्यार्थी सडकमा
पाउलिन हेन्सनविरुद्ध अस्ट्रेलियामा आन्दोलन जारी, विद्यार्थी सडकमा...
देशभर भारी वर्षाको चेतावनी, ११ गतेसम्मै सतर्कता तह कायम रहने
देशभर भारी वर्षाको चेतावनी, ११ गतेसम्मै रातो र सतर्कता तह कायम रहने...
सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधन गर्न कानुन आवश्यक
सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधन गर्न कानुन आवश्यक...
बाढी, पहिरोका कारण चार जिल्लाका मुख्य राजमार्गमा अवरोध
बाढी, पहिरोका कारण चार जिल्लाका मुख्य राजमार्गमा अवरोध...
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन...
बंगालको खाडीको न्यून चापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्क रहन आग्रह
बंगालको खाडीको न्यून चापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्क रहन आग्रह...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment