२७ भदौ २०८३, आइतबार

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

अ+
अ-

काठमाडौं, भदौ २७ । रसुवासहित बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पाँच जिल्लाका प्रभावित परिवारलाई बसोबास र जीविकोपार्जनका लागि सरकारले तत्काल राहत उपलब्ध गराउने भएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई राहत उपलब्ध गराउन पत्राचार गरेको हो।
रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहमा पूर्ण रूपमा क्षति भई बसोवास अयोग्य भएका निजी आवासका प्रभावित परिवारले वैकल्पिक बसोवासको व्यवस्था नहुन्जेल यस्तो राहत पाउनेछन्। होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोवास व्यवस्थापन गर्न चाहने परिवारलाई ६ महिनासम्म राहत उपलब्ध गराइनेछ।
चार जनासम्म सदस्य भएको परिवारलाई प्रति परिवार प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि चार जनाभन्दा बढी प्रत्येक सदस्यबापत प्रतिमहिना थप दुई हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।
प्राधिकरणका अनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आज सम्बन्धित सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्