काठमाडौं, भदाै १० । भारतले बाढीबाट प्रभावित नेपालमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको जनाएको छ।
भारतका विदेशमन्त्री डा. एस जयशंकरले बुधबार सामाजिक सञ्जालमार्फत नेपालमा बाढीबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै मानवीय सहायता तथा विपद् उद्धार सामग्री (एचएडीआर) र अत्यावश्यक औषधि पठाइएको जानकारी दिएका हुन्।
उनले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेका छन्।
“यस चुनौतीको सामना गर्ने क्रममा भारत नेपाल र नेपाली जनताको साथमा छ,” जयशंकरले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्।
नेपालमा पछिल्लो बाढीबाट विशेषगरी रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटीलगायत निकाय परिचालित छन्।
मेगु पोस्त: नेवाः टाइम्स
भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण
भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...
रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ
रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...
रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन
रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...
रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत...
लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन
लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन...
रसुवाको बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन
रसुवाको बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment