१६ श्रावण २०८३, शनिबार

चिया तथा कफी क्षेत्र सुधारका लागि दुई साताभित्र कार्ययोजना तयार गरिने


अ+
अ-

काठमाडौं, साउन १५ । कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डकी अध्यक्ष गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन्। कार्यदललाई बोर्डको पुनर्संरचनाको मोडालिटी र क्षेत्रको भावी कार्यदिशासहित दुई साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
शुक्रबार कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग भएको छलफलमा मन्त्री चौधरीले उत्पादन, प्रशोधन, बजारीकरण र प्रवर्द्धनका क्षेत्रमा देखिएका समस्या तथा समाधानका उपायबारे विस्तृत समीक्षा गर्दै कार्यदल गठन गर्ने निर्णय गरेकी हुन्।
छलफलमा चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी र किसानमैत्री बनाउन आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा समेत विचार–विमर्श भएको थियो।
मन्त्री चौधरीले चिया तथा कफी नेपालको उच्च सम्भावना बोकेको कृषि उपक्षेत्र भएकाले यसको विकासमा बोर्डले परिणाममुखी भूमिका खेल्नुपर्ने बताइन्। उनले किसानको आय वृद्धि, उत्पादनको गुणस्तर सुधार, प्रशोधन क्षमता विस्तार र अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको प्रतिस्पर्धात्मक क्षमता बढाउने गरी स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिइन्।
उनले बोर्डको पुनर्संरचना, चिया तथा कफी क्षेत्रको दीर्घकालीन विकास रणनीति तथा आवश्यक नीतिगत सुधारका प्रस्ताव समेटिएको प्रतिवेदन दुई साताभित्र पेश गर्न कार्यदललाई निर्देशन दिएकी छन्। उक्त प्रतिवेदनका आधारमा आवश्यक नीतिगत तथा संस्थागत सुधार प्रक्रिया अघि बढाइने मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक...

ब्रड पिकमा हिमपहिरो : विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स’ पुर्जासहित १० आरोही बेपत्ता

ब्रड पिकमा हिमपहिरो : विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स’ पुर्जासहित १० आरोही बेपत्ता

ब्रड पिकमा हिमपहिरो : विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स’ पुर्जासहित १० आरोही बेपत्ता...

सुनसरी घटनामा निष्पक्ष छानबिन हुने, सामाजिक सद्भाव जोगाउन प्रधानमन्त्रीको आह्वान

सुनसरी घटनामा निष्पक्ष छानबिन हुने, सामाजिक सद्भाव जोगाउन प्रधानमन्त्रीको आह्वान

सुनसरी घटनामा निष्पक्ष छानबिन हुने, सामाजिक सद्भाव जोगाउन प्रधानमन्त्रीको आह्वान...

बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा

बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा

बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा...

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत...

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्