३१ असोज २०८३, शनिबार

संसदीय समितिमा परराष्ट्रमन्त्रीसँग भारत–चीन भ्रमणबारे छलफल, कूटनीतिक उपलब्धि जनतासम्म पुग्नुपर्नेमा जोड


अ
अ+
अ-

काठमाडौं, असार २५ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको यस साताको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीनको हालैको आफ्नो कूटनीतिक भ्रमणबारे समितिलाई जानकारी गराएका छन्।
बैठकमा समिति सदस्यहरूले विगतका द्विपक्षीय सहमतिको कार्यान्वयन, सीमा व्यवस्थापन, हवाई सम्पर्क विस्तार, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, सार्कलाई पुनः सक्रिय बनाउने नेपालको भूमिका, राजदूत नियुक्तिमा पारदर्शिता तथा राहदानी सेवामा सुधारलगायतका विषय उठाएका थिए।
सांसदहरूले उच्चस्तरीय कूटनीतिक भ्रमणहरूबाट नेपाली जनताले प्रत्यक्ष लाभ महसुस गर्ने ठोस उपलब्धि हासिल हुनुपर्नेमा जोड दिएका थिए।
जवाफमा परराष्ट्रमन्त्री खनालले भारत र चीनसँगको द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउन, विद्यमान संस्थागत संयन्त्रहरूलाई सक्रिय बनाउन, सेवा प्रवाहमा सुधार गर्न तथा राहदानी आपूर्तिलाई सहज बनाउने दिशामा सरकार काम गरिरहेको जानकारी दिएका थिए।
बैठकमा समिति सदस्य सुम्निमा उदासले आगामी आर्थिक वर्षका लागि अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको रणनीतिक कार्ययोजना पनि प्रस्तुत गरेकी थिइन्। उनले संसदीय अनुगमनलाई प्रभावकारी बनाउने, नेपालको परराष्ट्र नीतिका प्राथमिकतालाई अघि बढाउने तथा पर्यटन क्षेत्रको दिगो विकासलाई सहयोग गर्ने विषयलाई समितिको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उदासले संसदीय समितिहरूले सरकारलाई जवाफदेही बनाउन, परराष्ट्र नीतिमाथि प्रभावकारी निगरानी गर्न तथा रचनात्मक संवादमार्फत विश्व समुदायसँग नेपालको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी छन्।
स्मरणीय छ, याे संसदीय समितिको बैठकमा पत्रकारहरूलाई निषेध गरिएपछि सांसद सुम्निमाकाे व्यापक विराेध भएकाे थियाे ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्