आइटियूका क्षेत्रीय प्रतिनिधिले गरे सञ्चारमन्त्री तिमिल्सिनासँग भेट


अ+
अ-

काठमाडौँ, जेठ १४ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियू) का क्षेत्रीय प्रतिनिधि तथा एसिया–प्रशान्त क्षेत्रका सदस्य मुलुकका लागि क्षेत्रीय प्रतिनिधि मि. किशोर बाबु जी.एस.सी. येर्राबल्लाले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटका क्रममा मन्त्री तिमिल्सिनाले नेपालको आफ्नै भू–उपग्रह राख्ने योजना अघि बढिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक प्राविधिक क्षमता अभिवृद्धि र फ्रिक्वेन्सी अनुमतिपत्र विकासका लागि सम्भाव्यता अध्ययनमा आईटियूको प्राविधिक सहयोग अपेक्षा गरिएको बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार भएको भेटमा आईटियू नेपालले दूरसञ्चार सम्बन्धी कानुनमा सामाजिक परामर्श, स्पेक्ट्रम व्यवस्थापन, साइबर सुरक्षा, राष्ट्रिय आपतकालीन दूरसञ्चार योजना निर्माण, ‘अर्ली वार्निङ फर अल’ (EW4ALL), डिजिटल रूपान्तरण तथा कनेक्टिभिटी, स्मार्ट आईसीटी डिजिटल संरचना निर्माण र क्षमता विकासलगायतका क्षेत्रमा नेपाललाई थप सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो।
भेटका क्रममा मन्त्री तिमिल्सिनाले आईटियूले नेपाललाई नीति, प्रविधि र क्षमता विकासका क्षेत्रमा उपलब्ध गराउँदै आएको सहयोगको प्रशंसा गरेका थिए। उनले सूचना प्रविधिको क्षेत्रमा सरकारका प्राथमिकता तथा डिजिटल विभाजन न्यूनीकरणका लागि सहकार्य विस्तार गर्न आवश्यक रहेको बताए।
भेटमा मन्त्रालयका अधिकारीहरू तथा नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीहरूको समेत सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्