न्यायकाे प्रतिस्थापन गर्न धराप थाप्ने प्रयासप्रति कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लकाे चिन्ता


अ+
अ-

काठमाडौं, वैशाख २६ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले न्यायको प्रतिस्थापन गर्न विभिन्न बहाना बनाएर धराप थाप्ने दुष्प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन्।
शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले विधिको शासनविरुद्ध हुने षड्यन्त्रका विरुद्ध सबैले आवाज उठाउनुपर्ने बताइन्। उनले संरचना भत्काएर परिवर्तन रोक्ने बहानामा आफ्नो अनुकूल परिवेश स्थापना गर्ने प्रयास भइरहेको संकेत गर्दै त्यसले विधि र संवैधानिक व्यवस्थामाथि खतरा उत्पन्न गर्ने चेतावनी दिइन्।
“एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिँदैन,” उनले भनिन्, “कुनै कारण वा परिस्थितिको बहानामा न्यायको प्रतिष्थापनविरुद्ध धराप थाप्ने प्रयास भयो भने त्यसले वातावरण नै निर्मम बन्ने डर पैदा हुन्छ।”
प्रधानन्यायाधीश मल्लले संवैधानिक सर्वोच्चता, न्यायपालिकाको स्वतन्त्रता र न्यायिक स्वाभिमान कमजोर पार्ने कुनै पनि प्रयास अन्ततः कानुनी राज्यका लागि घातक हुने धारणा राखिन्। उनले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने कदमले लोकतान्त्रिक मूल्य र संवैधानिक प्रणालीलाई कमजोर बनाउने उल्लेख गरिन्।
उनले संविधानको स्वीकृतिमा मात्रै न्यायपालिका सञ्चालन हुन सक्ने बताउँदै सरकारको स्वीकृतिमा न्यायपालिका चल्न नसक्ने स्पष्ट पारिन्। “संविधानको स्वीकृतिमा न्यायपालिका चल्न सक्छ, सरकारको स्वीकृतिमा चल्न सक्दैन,” उनले भनिन्।
कार्यक्रममा उनले विधिको शासन र संवैधानिक मूल्यको रक्षाका लागि न्यायपालिका, कानुन व्यवसायी तथा सरोकारवाला सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्