६ कार्तिक २०८३, शुक्रबार

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना


अ
अ+
अ-

काठमाडौं, वैशाख ७। जल तथा मौसम विज्ञान विभाग ले तराईका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएको भन्दै तातो दिन तथा गर्मीको लहर (हीट वेभ) को चेतावनी दिएको छ।
विभागले आज जारी गरेको विशेष बुलेटिनअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पछिल्ला दिनहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ। बुधबार पनि मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तापक्रम ३८ डिग्री आसपास पुगेको जनाइएको छ।
विभागका अनुसार आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तापक्रम ४० डिग्री वा सोभन्दा माथि पुग्ने सम्भावना छ। यस्तै, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि ३८ डिग्री वा सोभन्दा बढी तापक्रम रहने पूर्वानुमान गरिएको छ।
यस अवधिमा विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका केही जिल्लामा मध्यम स्तरको गर्मीको लहर देखिन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देहीलाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखिएको छ भने अन्य तराई तथा आसपासका जिल्लामा अवस्था निरन्तर अद्यावधिक रही सावधानी अपनाउन सुझाव दिइएको छ।
गर्मीका कारण थकान लाग्ने, कमजोरी महसुस हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ।
यस्तो अवस्थामा दिउँसोको चर्को घाममा बाहिर ननिस्किन, हल्का तथा सुतीका कपडा लगाउन, पर्याप्त पानी तथा झोल पदार्थ सेवन गर्न र सकेसम्म चिसो स्थानमा बस्न विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्