३० जेठ २०८३, शनिबार

देशभर आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु


अ+
अ-

काठमाडौं, वैशाख ६ । नेपाल सरकारले ५ वर्षमुनिका बालबालिकाको स्वास्थ्य संरक्षणलाई प्राथमिकता दिँदै आजदेखि देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ। बैशाख ६ र ७ गते सञ्चालन हुने यस अभियानमार्फत देशभरका लाखौं बालबालिकालाई लक्षित गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयले “बालबालिकाको स्वास्थ्य, हाम्रो पहिलो प्राथमिकता” भन्ने नारासहित अभिभावकलाई आफ्ना नानीबाबुलाई नजिकैको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत औषधि खुवाउन आग्रह गरेको छ।
स्वास्थ्यकर्मीका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको दृष्टि क्षमता सुधार्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। त्यस्तै, जुकाको औषधिले पेटका परजीवी नष्ट गरी पोषण अवस्थालाई सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
सरकारले विगतदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको यस अभियानले बाल मृत्युदर घटाउन र कुपोषण नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। अभिभावकलाई तोकिएको मिति र स्थानमा अनिवार्य रूपमा सहभागी भई बालबालिकाको स्वास्थ्य सुरक्षामा साथ दिन आग्रह गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्