३० जेठ २०८३, शनिबार

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सेवा सुधारका लागि समिति गठन


अ+
अ-

काठमाडौं, चैत २२। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा सुधारका विभिन्न कार्यहरू अघि बढाउन एक समिति गठन गरेको छ। मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले जारी गरेको पत्रअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन र मन्त्रिपरिषद्को निर्णयका आधारमा समिति गठन गरिएको हो।
उक्त समितिको संयोजकमा अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठलाई तोकिएको छ। सदस्यहरूमा महाशाखा प्रमुख डा. सरोज शर्मा, डा. भिम प्रसाद सापकोटा, उपसचिव मित्र प्रसाद घिमिरे, वरिष्ठ औषधि व्यवस्थापक प्रशासक उषा ताम्राकार र शाखा प्रमुख सुरज प्रकाश अर्याल सदस्य सचिव रहेका छन्।
समितिलाई स्वास्थ्य क्षेत्रका सुधारका लागि महत्वपूर्ण चार कार्यादेश दिइएको छ। जसअनुसार १५ दिनभित्र ‘फ्री हेल्थ पोर्टल’ निर्माण गरी कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ। साथै, बिरामीको उपचार इतिहास, रेफरल, पुनःसेवा तथा क्लिनिकल फलोअपलाई व्यवस्थित गर्ने उद्देश्यले एकीकृत डिजिटल ‘पेसियन्ट रेकर्ड सिस्टम’ विकास गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।
यस्तै, अनावश्यक रूपमा निजी अस्पतालमा रेफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट ‘रेफर प्रोटोकल’ लागू गर्ने र सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको उपस्थिति अनुगमनका लागि GIoMS प्रणाली अनिवार्य रूपमा लागू गर्ने कार्यादेश पनि दिइएको छ।
त्यसैगरी अस्पताल फार्मेसीमा औषधिको मौज्दात तथा मूल्यसम्बन्धी जानकारीलाई डिजिटल प्रणालीमार्फत व्यवस्थापन गर्ने व्यवस्था १५ दिनभित्र निर्माण गरी कार्यान्वयनमा ल्याउने निर्देशन दिइएको छ।
मन्त्रालयले समिति गठनसँगै स्वास्थ्य सेवामा पारदर्शिता, पहुँच र प्रभावकारिता बढाउने लक्ष्य राखेको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्