१६ बैशाख २०८३, बुधबार

थामेमा शेर्पा समुदायको जीवित सम्पदा संरक्षणमा जोड, जलवायु जोखिमसँग जुध्न आवश्यक ठहर


अ+
अ-

काठमाडौँ/सोलुखुम्बु, चैत ८ । सोलुखुम्बुको थामे क्षेत्रमा २०२४ अगस्टमा आएको हिमताल फुटेर आएकाे बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड– जिएलओएफ) ले पारेको असरपछि शेर्पा समुदायको जीवित सम्पदा संरक्षणलाई जलवायु उत्थानशीलता (क्लाइमेट रेजिलिएन्स) सुदृढ गर्ने प्रमुख आधारका रूपमा औँल्याइएको छ।
युनेस्कोको सहयोगमा सञ्चालित ‘हेरिटेज इमर्जेन्सी फन्ड’ ( एचइएफ) अन्तर्गत गरिएको अध्ययनपछि थामेमा आयोजित दुई दिने कार्यशालाले शेर्पा समुदायका आठ वटा अमूर्त सांस्कृतिक सम्पदालाई मान्यता दिएको हो। मार्च २१–२२ मा सम्पन्न कार्यशालाले स्थानीय समुदायको सक्रिय सहभागितामा ती सम्पदाको अन्तिम प्रमाणीकरण गरेको छ।
यसअघि २०२५ नोभेम्बरमा थामे र २०२६ फेब्रुअरीमा काठमाडौँमा आयोजना गरिएका कार्यशालामार्फत ३० भन्दा बढी स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धि गरिएको थियो। यस प्रक्रियामा महिला समूह, स्थानीय युवा तथा विज्ञहरूको सहभागितामा थामेको जीवित सम्पदाको विस्तृत अभिलेखीकरण गरिएको थियो।
कार्यशालाको मुख्य उद्देश्य समुदायले पहिचान गरेका अमूर्त सांस्कृतिक सम्पदाले शेर्पा संस्कृतिको गहिराइ झल्काउने सुनिश्चित गर्नुका साथै ती विवरणहरू नेपाल सरकारको “अमूर्त सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापन मार्गदर्शन, २०८२” अनुरूप रहेको सुनिश्चित गर्नु रहेको थियो। प्रारम्भदेखि नै संलग्न स्थानीय सरोकारवालाले नै अन्तिम प्रमाणीकरण प्रक्रिया अगाडि बढाएका थिए।
यूनेस्कोका नेपाल प्रतिनिधि जाको दु तोइटका अनुसार सम्पूर्ण प्रक्रियामा “फ्री, प्रायर एन्ड इन्फर्म्ड कन्सेन्ट (एफपिआइसि)” को सिद्धान्त कडाइका साथ पालना गरिएको थियो, जसले शेर्पा समुदायलाई आफ्ना सम्पदामाथि स्वामित्व कायम राख्न सहयोग गरेको छ।
कार्यशालामा ‘थो’ (खाद्य तथा सीप), ‘क्षारा’ (परम्परागत हस्तकला), ‘नावा र दी’ (प्रकृति र ब्रह्माण्डसम्बन्धी ज्ञान) तथा ‘धुब्चोआ’, ‘मणि रील्धुप’, ‘ल्होसार’ र ‘लोतोक बुलो’ (सामाजिक परम्परा, संस्कार र चाडपर्व) लगायतका आठ सम्पदालाई अन्तिम सूचीमा समावेश गरिएको छ।
यस पहलले समुदायको पूर्ण सहभागिता र सहमतिमा अभिलेखीकरणलाई परिष्कृत गर्दै स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरी ती सम्पदालाई राष्ट्रिय सूचीमा समावेश गर्ने मार्ग प्रशस्त गरेको छ। यो पहल २००३ को यूनेस्को महासन्धिअनुसार अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय आवाजलाई प्राथमिकता दिने अवधारणासँग मेल खान्छ।
थामिछोवा युवा समूहका अध्यक्ष फुरा कामी शेर्पाले यस प्रक्रियाले युवापुस्तालाई आफ्नै संस्कृतिबारे सिक्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताए। “हामीले बुढापाकाबाट धेरै कुरा सिक्यौं, जसले पुराना परम्परा सम्झन मद्दत गर्‍यो,” उनले भने।
कार्यशालाले २०२४ को जिएलओएफजस्ता जलवायुजन्य विपद्ले समुदायको संस्कृति, पूर्वाधार र सम्पदामा पारेको गम्भीर असरबारे पनि पुनः ध्यानाकर्षण गराएको छ। सहभागीहरूले परम्परागत ज्ञान र सांस्कृतिक अभ्यासहरू विपद् जोखिम न्यूनीकरण (डिआरआर) तथा दिगोपन निर्माणका लागि महत्वपूर्ण साधन हुन सक्ने निष्कर्ष निकालेका छन्।
यस परियोजनाको स्थायी उपलब्धिका रूपमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाअन्तर्गत लुक्ला र थामेमा सूचना बोर्ड स्थापना गरिएको छ, जसले शेर्पा समुदायको जीवित सम्पदालाई सार्वजनिक रूपमा प्रदर्शित गर्दै सांस्कृतिक पहिचान सुदृढ गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
कार्यशालामा सहभागी युवा ताशी शेर्पाले यस्ता कार्यक्रमले आफूजस्ता युवालाई आफ्नै संस्कृति बुझ्न महत्वपूर्ण अवसर दिएको बताए। “हाम्रो सम्पदाको अभिलेखीकरण नै भविष्यका लागि सही बाटो हो,” उनले भने।
सन् २०१५ मा स्थापना गरिएको यूनेस्कोको हेरिटेज इमर्जेन्सी फन्डले द्वन्द्व तथा प्राकृतिक विपद्का कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षण, न्यूनीकरण र पुनःस्थापनामा सदस्य राष्ट्रहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको युनेस्कोले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्