७ कार्तिक २०८३, शनिबार

हावाहुरी र वर्षा/हिमपातको सम्भावना: सतर्कता अपनाउन आग्रह


अ
अ+
अ-

काठमाडौं, चैत ६ । जल तथा मौसम विज्ञान विभाग ले आजका लागि देशका विभिन्न स्थानमा बदली, वर्षा तथा हावाहुरीको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार दिन र रात दुबै समयमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।
विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका साथै कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ। साथै, बागमती, मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा पनि मौसम सक्रिय रहने बताइएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति पनि कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र लुम्बिनीका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच विभागले जारी गरेको अद्यावधिक सूचनाअनुसार आज मधेश प्रदेशसहित कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागमा करिब ५०–६० किमि प्रतिघण्टा वेगको हावाहुरी चल्ने सम्भावना रहेको छ।
हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम औँल्याउँदै प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त संरचनाबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
सम्बन्धित निकायले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै अद्यावधिक सूचनामा ध्यान दिनसमेत आग्रह गरेकाे छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्