हेटौंडा, चैत ५ । बाल संरक्षण प्रणालीलाई सुदृढ पार्ने र बाल श्रम न्यूनीकरणका लागि स्थानीय सरकारहरूबीच समन्वय बढाउन विशेष जोड दिइएको छ।
मकवानपुरमा आयोजित एक दिवसीय जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बालअधिकार संरक्षणका लागि अन्तर–सरकारी समन्वयको आवश्यकता औंल्याएका हुन्। सिविन नेपालको आयोजना, शाप्ला नियरको सहयोग तथा जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा हेटौंडामा भएको थियो।
कार्यक्रममा बालअधिकार समितिको गठन र सुदृढीकरण, बाल कल्याण अधिकारीको भूमिका, आकस्मिक कोष परिचालन, वैकल्पिक हेरचाह, बालमैत्री स्थानीय शासन र बालबालिकाका लागि बजेट विनियोजन लगायतका विषयमा छलफल भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन बडेले बालबालिकाको अधिकार सुनिश्चित गर्न नीति, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याए। कार्यक्रममा सबै १० वटै स्थानीय तहका उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र सामाजिक विकास समितिका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
More from NewaTimes
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment