६ कार्तिक २०८३, शुक्रबार

वन डढेलो व्यवस्थापन सम्बन्धी व्यवहारिक तालिम हुँदै


अ
अ+
अ-

बारा, चैत २ । वन डढेलो व्यवस्थापन सचेतना सप्ताह–२०८२ को अवसरमा बारा जिल्लामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी व्यवहारिक तालिम हिजाेबाट सञ्चालन गरिएको छ।
हलखोरिया साझेदारी वन उपभोक्ता समूहको आयोजना तथा राष्ट्रिय जन वकालत मञ्च(नाफान)को सहकार्यमा गढीमाई र हलखोरिया साझेदारी वन क्षेत्रमा उक्त तालिम सञ्चालन गरिएको हो।
तालिममा वन हेरालु, दमकलकर्मी, सहकार्यात्मक वन व्यवस्थापन समूहका सदस्य तथा अन्य स्थानीय सरोकारवालासहित करिब ६० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा वन डढेलोको रोकथाम, नियन्त्रण तथा प्रभावकारी व्यवस्थापनका विषयमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको थियो।
तालिमका क्रममा वन क्षेत्रमा सम्भावित डढेलो नियन्त्रणका उपाय, सुरक्षात्मक सावधानी तथा समुदायको भूमिकाबारे सहभागीलाई जानकारी दिइएको थियो। साथै वन क्षेत्रमा हुने डढेलोले वन सम्पदा, जैविक विविधता र स्थानीय जनजीविकामा पार्ने प्रभावबारे पनि छलफल गरिएको आयोजकले जनाएको छ।
वन डढेलोको जोखिम बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नुका साथै वन, जैविक विविधता र स्थानीय जीवनयापनको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिम एक हप्ता सञ्चालन हुनेछ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्