२ कार्तिक २०८३, सोमबार

घाटु नाच


अ
अ+
अ-
⠿ drag
घाटु गुरु

घाटु भन्नासाथ गुरुङ सांस्कृतिक जीवनको झल्को आइहाल्छ । हो, यो नाच गुरुङ समुदायको पहिचान नै भन्दा पनि हुन्छ । यो समुदायमा परम्परागत रुपमा प्रचलित यो नाच प्रचलित नै छ र यसको लोकप्रियता अझ बढ्दो छ । बास्तवमा यो एक प्रकारको नृत्य नाटिका हो र यसले लामो कथा कहन्छ । संगीतको धूनमा यो नाचिन्छ, संगीतमा नै नर्तक झुम्मिन्छ र करीब बेहोस नै पनि हुन्छन् । संगीतकै माध्यमबाट नर्तकलाई ब्युँझाइन्छ पनि । अचम्म लाग्छ । अचम्म लाग्ने भएरै यो प्रसिद्ध पनि छ । 

नाच्ने क्रममा नर्ककहरु बिस्तारै यस्सरी बाङ्गिन्छ कि, कम्मर टुक्रुक्क भाँचिएला जस्तो देखिन्छ । पूरै नाच बिस्तारै नाचिन्छ । गाह्रो हुँदैन र ? नाचपछि प्रश्नको जवाफमा नर्तक भन्छन्, घाटुको लयमा लठ्ठिन्छ कि, त्यस्तो केही चाल पाइँदैन । 

घाटु नाच रमाइलो र मन बहलाउनका लागि नाचिन्न । यो एक प्रकारको साधना हो र गुरुङ समुदायले यसलाई साधनाकै रुपमा हेरेको हुन्छ । त्यही भएर घाटु नाच सुरु गर्नुअघि पूजापाठ पनि गर्नुपर्ने हुन्छ । घाटु नै हो तर तीन थरीको हुन्छ, बेग्लाबेग्लै समय र सन्दर्भमा नचाइन्छ । बाह्रमासे घाटु मात्रै त्यस्तो नाच हो जुन कुनै पनि बेला देखाउन मिल्छ ।

(शब्द र फोटोः बसन्त महर्जन)

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
अहिंसाको कुरा र बुद्धको शिक्षा

अहिंसाको कुरा र बुद्धको शिक्षा

बुद्ध जन्मेको देश हुँदैमा देशवासीको मनमस्तिष्कमा बुद्ध शिक्षा स्वतः घुसेको हुँदैन । बुद्ध अनेक विधि उपाय अपनाएर मान्छेको...

मोहनी नखःको नःलास्वां 

मोहनी नखःको नःलास्वां 

जसरी मोहनी र दशैं एउटै होइन, त्यसरी नै दशैंको जमरा र मोहनीको नःलास्वां पनि उस्तोउस्तै देखिएपनि उही होइन  ।...

नेवार, नेपाल र नेपालमण्डल

नेवार, नेपाल र नेपालमण्डल

‘नेवार’का सम्बन्धमा कुरा गर्दा ‘नेपाल’ को कुरा स्वभावतः आउँछ नै । साथसाथै ‘नेपालमण्डल’ को सन्दर्भ पनि आइरहेको हुन्छ । कत...

नेवार र मल्लकाल

नेवार र मल्लकाल

नेवार अध्ययनका प्रायः अध्येताको ध्यान मल्लकालमा सोझिनु ऐतिहासिक दृष्टिले अलि संकुचित हुनु हो । यस अवस्थामा सर्वसाधारण ने...

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, ए...

नेवारसँग किन धेरै संस्कृति ?

नेवारसँग किन धेरै संस्कृति ?

नेवारको पहिचान संस्कृतिमा सम्पन्न समुदायको रुपमा रहेको पाइन्छ । नेपाली समाजमा संस्कृतिको सवाल उठ्दा नेवारको नाम छुट्दैन ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्