६ कार्तिक २०८३, शुक्रबार

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या


अ
अ+
अ-

काठमाडौं, भदाै १६ । बाढी, पहिरो तथा सम्भावित बाढीको जोखिमका कारण उपत्यका तथा बागमती प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्गका खण्डहरूमा यातायात प्रभावित भएको छ।
आज २०८३ भदौ १६ गते बिहान ७ बजेसम्मको विवरणअनुसार ललितपुर, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा सवारी सञ्चालनमा रोक लगाइएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित कान्ति लोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकमा भदौ १४ गते साँझ ४ः३० बजेदेखि यातायात प्रभावित भएको हो।
काभ्रेमा खुर्कोट–नेपालथोक–काटुञ्जेबेँसी सडकखण्डअन्तर्गत बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। भदौ १५ गते साँझ ६ बजेदेखि भदौ १६ गते बिहान ८ बजेसम्मका लागि रोक लगाइएको र त्यसपछि परिस्थितिको अवस्था हेरेर सवारी सञ्चालन गर्न सकिने जनाइएको छ।
रसुवामा भने बाढीका कारण सडकको अवस्था गम्भीर बनेको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड भदौ १६ गते बिहान ८ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै मुख्य राजमार्गका विभिन्न खण्डसमेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ। ती सडकमा अर्को सूचना नभएसम्म यातायात सञ्चालन गर्न नसकिने अवस्था रहेको छ।
नुवाकोटमा पनि बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। शिवपुरी गाउँपालिका–४ धादेखोलास्थित टोखा–छहरे सडकखण्ड पहिरो तथा सम्भावित बाढीको जोखिमका कारण भदौ १५ गते राति १० बजेदेखि भदौ १६ गते बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो।
त्यस्तै, विदुर नगरपालिका–१० सिमटारस्थित पासाङल्हामु सडकखण्ड बाढीका कारण प्रभावित भएको छ।
धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्णभीर र गजुरी गाउँपालिका–२ को परेवाभीर क्षेत्रमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। कृष्णभीरमा भदौ १४ गते बिहान ८ बजेदेखि र परेवा भीरमा सोही दिन दिउँसो १२ बजेदेखि सडक अवरुद्ध भएको विवरणमा उल्लेख छ।
लगातारको वर्षा, बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले सम्बन्धित निकायले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्