७ कार्तिक २०८३, शनिबार

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा


अ
अ+
अ-

काठमाडौं, भदाै १३ ।  सरकारले रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तहलाई एक महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल–चीन सीमावर्ती क्षेत्रमा भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीबाट प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।
नेपाल राजपत्रमा २०८३ भदौ ११ गते प्रकाशित सूचनाअनुसार विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा हुने स्थानीय तहहरूमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका स्थानीय तह छन्।
रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन्।
त्यस्तै, नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका तथा धादिङका गङ्गाजमुना, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिकालाई पनि उक्त सूचीमा राखिएको छ।
यसैगरी गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन्।
गृह मन्त्रालयका अनुसार उक्त घोषणा राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि लागू हुनेछ।
सूचनामा नेपाल सरकारका सचिव राजकुमार श्रेष्ठको आदेशबाट उक्त निर्णय कार्यान्वयन गरिएको उल्लेख छ।

फाेटाे: सुरज गाैतम

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्