६ कार्तिक २०८३, शुक्रबार

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड


अ
अ+
अ-

काठमाडौं, असार ३२ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्बासी’, ‘अव्यवस्थित बसोबासी’ र ‘स्वबासी’बीच कुनै विभेद नगरी सबैलाई समान रूपमा आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन्।
काठमाडौँ महानगरपालिका र भूमि समस्या समाधान समितिबीच भएको दोस्रो बैठकमा उनले एउटै समय, एउटै संयन्त्र, एउटै प्रक्रिया र एउटै व्यवस्थामार्फत सबै लक्षित समुदायको आवास सम्बन्धी अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखिन्।
डंगोलले आवासको अधिकार सुनिश्चित नभएका परिवारप्रति समान दृष्टिकोण अपनाउनुपर्ने उल्लेख गर्दै, “हामी ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्बासी’, ‘अव्यवस्थित बसोबासी’ र ‘स्वबासी’लाई विभेद गर्न सक्दैनौँ। अहिले जग्गामा अधिकार दिन खोजिएको हो कि आवासको अधिकार सुनिश्चित गर्न खोजिएको हो भन्ने विषय स्पष्ट हुनुपर्छ,” भनिन्।
उनले समस्या समाधानको केन्द्रबिन्दु जग्गाको स्वामित्वभन्दा नागरिकको दिगो आवास अधिकार हुनुपर्नेमा जोड दिँदै कारण वा अवस्था जे भए पनि आवासको अधिकारबाट वञ्चित परिवारलाई समान व्यवहार गरिनुपर्ने बताइन्।
बैठकमा भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलासहित समितिका सदस्य तथा अव्यवस्थित बसोबासको चाप रहेका काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरूको सहभागिता रहेको थियो। बैठकमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि समन्वयात्मक र दीर्घकालीन ढंगले अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्