७ भदौ २०८३, सोमबार

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह


अ+
अ-

काठमाडौं, असार १४ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले आगामी असार १६ र १७ गते मनसुनी गतिविधि थप सक्रिय हुने पूर्वानुमानलाई मध्यनजर गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानमा मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा तथा केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। देशका अन्य पहाडी तथा तराई क्षेत्रका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
प्राधिकरणले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।
प्राधिकरणले विशेषगरी खोल्सा तथा नदी तर्ने वा किनारमा यात्रा गर्दा सतर्क रहन, पहिरोको जोखिम भएका स्थानबाट टाढा रहन तथा बाढीको जोखिम भएका बस्तीका बासिन्दालाई सुरक्षित र उच्च स्थानमा जान आग्रह गरेको छ। साथै, स्थानीय बासिन्दाले आफूसँगै अरूलाई पनि जोखिमबारे जानकारी गराई आवश्यक परे सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
त्यसैगरी तीनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न तथा पूर्वतयारी र प्रतिकार्यमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर सतर्क रहन पनि प्राधिकरणले आग्रह गरेको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ तथा विपद्मा सहयोगका लागि ११४९ नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख गर्दै नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा सुरक्षित राख्न पनि प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग र आफ्ना तर्फबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पालना गर्न सबैलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्