१ श्रावण २०८३, शुक्रबार

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

अ+
अ-

काठमाडौँ, जेठ ११ । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ ११ गते बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरूङ विद्युत प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (लेटर अफ रिप्लाइ) स्वीकृत गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको सरकारकाे भनाइ छ ।
यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार मोटा धानको प्रति क्वीन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको प्रति क्वीन्टल ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ ।
मन्त्रिपरिषद्ले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठन गरिएको सहकारीमा भएको वेथिति जाँचबुझ आयोग–२०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्