१६ बैशाख २०८३, बुधबार

सुकुम्बासीकाे तथ्यांक संकलन सम्बन्धमा नेपाली सेनाबाट स्पष्टीकरण


अ+
अ-

काठमाडौं, वैशाख १६ । नेपाली सेनाले आगामी वर्षात्को मौसममा हुन सक्ने बाढी, पहिरो, डुबान तथा नदी कटानबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न विपद् पूर्व तयारी योजना अघि बढाएको बताएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सेनाले सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै सम्भावित जोखिम नक्साङ्कन (हजार्ड म्यापिङ) का लागि आवश्यक तथ्याङ्क अद्यावधिक गरिरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली सेनाका स्थानीय युनिटहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरूलाई सहज बनाउने उद्देश्यले जोखिम नक्साङ्कन गर्नका लागि तथ्याङ्क अद्यावधिक गरिरहेको छ ।”

यसैबीच, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नेपाली सेनाले सुकुम्बासीहरूको विवरण मागेकोमा ब्यापक विराेध भएकाे थियाे । साेही विराेधलाई स्पष्ट पार्ने प्रयासस्वरूप सेनाले स्पष्टीकरण दिएको बुझ्न सकिन्छ । तर, ती खबरहरू निराधार रहेको भन्दै सेनाले उक्त कार्य विपद् पूर्वतयारीको लागि जोखिम नक्साङ्कन तथा तथ्याङ्क अद्यावधिक गर्ने क्रममा मात्र भएको जनाएको छ ।

नेपाली सेनाले विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूलाई मध्यनजर गर्दै आगामी दिनमा हुन सक्ने जोखिम न्यूनीकरणमा आफ्नो तयारीलाई निरन्तरता दिएको बताएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्