परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक नियोगसँग भर्चुअल अन्तरक्रिया, आर्थिक कूटनीति र सुशासनमा जोड
काठमाडौं, वैशाख ४ । परराष्ट्र मन्त्रालयले दक्षिण एशिया, उत्तर–पूर्वी एशिया तथा दक्षिण–पूर्वी एशिया र प्रशान्त क्षेत्रमा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले सेवा प्रवाह सुधारमार्फत सुशासन सुनिश्चित गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउँदै देशको समृद्धिमा योगदान गर्ने सरकारको प्राथमिकता रहेको उल्लेख गरे। उनले कूटनीतिक नियोगहरूलाई सोहीअनुसार कार्यसम्पादन गर्न र नवप्रवर्तन तथा डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले सरकारका दुई प्रमुख प्राथमिकता—प्रविधिमा आधारित सेवा प्रवाहसहितको सुशासन र प्रभावकारी आर्थिक कूटनीतिमा जोड दिएका थिए।
अन्तरक्रियामा सहभागी राजदूत, महावाणिज्यदूत तथा चार्ज द’अफेयर्सहरूले सम्बन्धित देश तथा अन्तर्राष्ट्रिय निकायहरूसँग नेपालको सहकार्य, सहकार्य विस्तारका अवसरहरू तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएका थिए।
अन्य लेखहरू: नेवाः टाइम्स
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...
अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो
अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment