२१ भदौ २०८३, सोमबार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

अ+
अ-

काठमाडौँ, चैत ६ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण देशभर मौसम बदली भएको छ।
महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा आकाश पूर्ण रूपमा बदली रहेको छ भने अन्य भू-भागमा पनि आंशिकदेखि सामान्य बदली रहेको छ।
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका थोरै स्थानमा पनि यस्तै किसिमको वर्षा देखिएको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना र केही स्थानमा भइरहेको समेत उल्लेख गरिएको छ। साँझ काठमाडौंमा असिना पानी मेघगर्जनसहित परेकाे थियाे ।
विभागले यो मौसमी प्रणालीको प्रभाव आगामी चैत ८ गतेसम्म रहने सम्भावना रहेको जनाएको छ। मेघगर्जन, चट्याङ तथा वर्षासँगै उच्च भेगमा हिमपात हुने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
विशेषगरी यात्रा, कृषि तथा दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय तथा नागरिकलाई सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता...

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्