७ कार्तिक २०८३, शनिबार

तीव्र हावाहुरी र वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह


अ
अ+
अ-

काठमाडौं, चैत ५ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा खराब मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
यस्तै, शुक्रबारदेखि दाङ र नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र झापा आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। हावाहुरीको गति प्रतिघण्टा ९९ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
प्राधिकरणका अनुसार तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने लगायतका जोखिम रहन सक्नेछ। पछिल्ला दिनमा हावाहुरीका कारण जनधनको क्षति समेत भएको उल्लेख गरिएको छ।
उक्त जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दालाई अनावश्यक यात्रा नगर्न, हावाहुरीका बेला घरको झ्यालढोका सुरक्षित रूपमा बन्द गर्न, आगलागीका स्रोतहरू नियन्त्रणमा राख्न तथा सवारी साधन सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ।
साथै, हावाहुरीका बेला कमजोर संरचना, रुख, टेलिफोन तथा विद्युत् पोल र तारबाट टाढा रहन, बिजुलीका उपकरण प्रयोग नगर्न तथा सुरक्षित स्थानमा बस्न पनि अनुरोध गरिएको छ।
प्राधिकरणले मौसम सम्बन्धी जानकारी नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्