१० असोज २०८३, शनिबार

मुलुकको विकासमा गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी परिचालन गर्नुपर्छ: प्रधानमन्त्री

अ
अ+
अ-

काठमाडौं, चैत २ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र स्रोतलाई नेपालको आर्थिक समृद्धि र समग्र विकासमा परिचालन गर्नुपर्नेमा जोड दिएकी छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महासभाको समापन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाली डायस्पोरालाई जोड्न एनआरएनएले खेलेको महत्वपूर्ण भूमिकाको समेत प्रशंसा गरिन्।

उनले विदेशमा रहेका नेपालीहरूको अनुभव र पुँजी स्वदेशको प्रगतिका लागि महत्वपूर्ण हुने भएकाले त्यसलाई व्यवस्थित रूपमा भित्र्याउनुपर्ने आवश्यकता औंल्याइन्।

तीन दिनसम्म चलेको सो सम्मेलन आज १२ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरी सम्पन्न भएको हो।

समापन समारोहमा प्रधानमन्त्री कार्कीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा संघले थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

समारोहका अध्यक्ष तथा परराष्ट्रमन्त्री बलानन्द शर्माले सम्मेलनको सफलताका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्