२१ भदौ २०८३, सोमबार

वन डढेलो व्यवस्थापन सम्बन्धी व्यवहारिक तालिम हुँदै

अ+
अ-

बारा, चैत २ । वन डढेलो व्यवस्थापन सचेतना सप्ताह–२०८२ को अवसरमा बारा जिल्लामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी व्यवहारिक तालिम हिजाेबाट सञ्चालन गरिएको छ।
हलखोरिया साझेदारी वन उपभोक्ता समूहको आयोजना तथा राष्ट्रिय जन वकालत मञ्च(नाफान)को सहकार्यमा गढीमाई र हलखोरिया साझेदारी वन क्षेत्रमा उक्त तालिम सञ्चालन गरिएको हो।
तालिममा वन हेरालु, दमकलकर्मी, सहकार्यात्मक वन व्यवस्थापन समूहका सदस्य तथा अन्य स्थानीय सरोकारवालासहित करिब ६० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा वन डढेलोको रोकथाम, नियन्त्रण तथा प्रभावकारी व्यवस्थापनका विषयमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको थियो।
तालिमका क्रममा वन क्षेत्रमा सम्भावित डढेलो नियन्त्रणका उपाय, सुरक्षात्मक सावधानी तथा समुदायको भूमिकाबारे सहभागीलाई जानकारी दिइएको थियो। साथै वन क्षेत्रमा हुने डढेलोले वन सम्पदा, जैविक विविधता र स्थानीय जनजीविकामा पार्ने प्रभावबारे पनि छलफल गरिएको आयोजकले जनाएको छ।
वन डढेलोको जोखिम बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नुका साथै वन, जैविक विविधता र स्थानीय जीवनयापनको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिम एक हप्ता सञ्चालन हुनेछ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता...

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्