काठमाडौं, फागुन २९ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै वर्षा बागमती प्रदेशको चितवनस्थित नारायणी फिल्ड कार्यालयमा मापन भएको छ।
विभागले फागुन २९ गते बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार चितवनको नारायणी फिल्ड कार्यालयमा रहेको मौसम मापन केन्द्रमा १२६.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा धेरै हो।
त्यस्तै लमजुङको घरेढुंगा केन्द्रमा १०२.२ मिलिमिटर वर्षा मापन भएको छ भने गोरखाको बारपाक केन्द्रमा ९० मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
यसैगरी उदयपुरको कटारीमा ९८.४ मिलिमिटर वर्षा भएको छ भने झापास्थित चन्द्रगढी विमानस्थल केन्द्रमा ९६.४ मिलिमिटर वर्षा मापन भएको छ।
विभागका अनुसार यी स्थानहरूमा मापन भएको वर्षालाई भारी वर्षाको श्रेणीमा राखिएको छ। लगातारको वर्षासँगै नदी–खोलामा पानीको बहाव बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment