११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः प्रेरणादायी महिला तथा भूमिगत महिलाहरू सम्मानित


अ+
अ-

काठमाडौं, फागुन २८ । ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मोतीदेवी स्मृति केन्द्रले आयोजना गरेको विशेष कार्यक्रममा विभिन्न क्षेत्रका प्रेरणादायी महिलाहरू तथा लोकतन्त्र स्थापनाका लागि भूमिगत रूपमा संघर्ष गरेका महिलाहरूलाई सम्मान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थिइन् भने पूर्वमुख्यमन्त्री तथा केन्द्रकी अध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रका लागि भूमिगत महिलाको योगदान अतुलनीय रहेको बताइन्। "मन्दिरको गजुर हेरेर त्यसको भव्यताको प्रशंसा गरिन्छ, तर त्यसको जग कस्तो छ भन्ने कुरालाई मनन गर्नुपर्छ। भूमिगत महिलाको योगदान त्यही जगजस्तो हो," भण्डारीले भनिन्।

उनले संविधानले महिलाको हक तथा आधारभूत अधिकार स्थापित गरे पनि स्थानीय तहमा ३३ प्रतिशत महिला नेतृत्व सुनिश्चित भए पनि कार्यान्वयन पक्षमा चुनौती कायमै रहेको औंल्याइन्। "लैंगिक समानताका लागि शैक्षिक तथा आर्थिक पक्ष सुनिश्चित गर्नुपर्छ। महिला स्वतन्त्रता, न्याय र समानताको मार्ग खुलाउनुपर्छ," उनले भनिन्।

कार्यक्रममा प्रेरणादायी महिलाहरूको जीवनी समेटिएको पुस्तक लोकार्पण तथा वृत्तचित्र समेत सार्वजनिक गरिएको थियो। नेकपा एमालेकी नेता तथा पुस्तक संयोजक विन्दा पाण्डेले पुस्तक संयोजन गर्दाको अनुभव सुनाउँदै सम्मानित महिलाहरूको जीवनी प्रकाशनले नयाँ पुस्तालाई प्रेरणा मिल्ने बताइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रकी अध्यक्ष एवं पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्व श्रमिक महिलाकी नेता क्लारा जेटकिन र रोजा लग्जेमबर्गको योगदान स्मरण गर्दै नेपाली महिला आन्दोलनकी अग्रज योगमाया, मंगलादेवी सिंह, शैलजा आचार्यलगायतप्रति श्रद्धाञ्जली अर्पण गरिन्।

"नेपालमा २०७१ सालदेखि अखिल नेपाल महिला संघको माध्यमबाट भूमिगत रूपमा यो दिवस मनाउन थालिएको थियो। निरंकुश पञ्चायती कालमा खोला किनार र ओडारमा बसेर गरिएको संघर्षले नै हामीलाई आज संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएको छ," शाक्यले भनिन्।

उनले नेपाली महिलाको संघर्षपूर्ण, प्रेरणादायी र सिर्जनात्मक इतिहास रहेको उल्लेख गर्दै मोतीदेवी स्मृति केन्द्रले ११५ जना प्रेरणादायी महिलाको जीवनी सङ्कलन गरिसकेको जानकारी दिइन्। "महिलाले महिलालाई आदर गर्न सिक्नुपर्छ, अगाडि बढ्न हौसला दिनुपर्छ भन्ने उद्देश्यले हामी निरन्तर लागिरहेका छौँ," उनले भनिन्।

शाक्यले निर्वाचनपछि देशमा देखिएको अन्योलता कम भए पनि राजनीतिक स्थिरताको प्रश्न कायमै रहेको बताइन्। "देशलाई सबैले माया गर्नुपर्छ। नेपाल रह्यो भने हामी रहन्छौँ, नेपाली रहन्छौँ। नेपालीमा एकताको विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समाजवादको लक्ष्यमा पुग्नुपर्छ," उनले भनिन्।

उनले शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायका क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै राजनीतिक दलमा विभाजित भएर नभई सबै महिला एक ठाउँमा बसेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन्।

कार्यक्रममा विभिन्न क्षेत्रका ८ जना प्रेरणादायी महिलाहरूलाई सम्मान गरिएको थियो। उद्यमी महिला, अपांगता क्षेत्रमा क्रियाशील महिला, भूमिगत महिलालगायत विभिन्न क्षेत्रका महिलाहरू सम्मानित भएका थिए।

मोतीदेवी स्मृति केन्द्रले निरन्तर रूपमा महिलाको जीवनी संकलन, अध्ययन, अनुसन्धान र खोजीका क्षेत्रमा काम गर्दै महिला जागरण र आत्मनिर्भरताका लागि क्रियाशील रहेको आयोजकले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्