प्रतिनिधिसभा चुनाव : राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो, कांग्रेस दोस्रो


अ+
अ-

काठमाडौं, फागुन २८ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको परिणाम जोड्दा रास्वपाले कुल १८२ सिट जित्दै संसदको पहिलो दल बनेको तथ्यांकले देखाएको छ।
प्रत्यक्ष तर्फकाे जम्मा १६५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ । समानुपातिकतर्फकाे जम्मा मत एक कराेड आठ लाख ३५ हजार २७ बाट रास्वपाले ५७ सिट प्राप्त गरेको छ। यससँगै प्रतिनिधिसभामा रास्वपाको कुल सिट संख्या १८२ पुगेको हो।
यस्तै नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ। रूख चुनाव चिन्ह भएको कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकतर्फ २० सिट प्राप्त गर्दै कुल ३८ सिट हासिल गरेको छ।
नेकपा एमाले तेस्रो स्थानमा रहेको छ। सूर्य चुनाव चिन्ह भएको एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिकतर्फ १६ सिट प्राप्त गरी कुल २५ सिट पाएको छ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (तारा चुनाव चिन्ह) ले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जित्दै कुल १७ सिट हासिल गरेको छ।
श्रम संस्कृति पार्टी (माटो चुनाव चिन्ह) ले प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकतर्फ ४ सिट पाउँदै कुल ७ सिट प्राप्त गरेको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो चुनाव चिन्ह) ले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट जित्दै कुल ५ सिट हासिल गरेको छ।
यसका अतिरिक्त स्वतन्त्र उम्मेदवारबाट पनि १ सिट जितिएको देखिएको छ।
यस परिणामले प्रतिनिधिसभामा रास्वपाको स्पष्ट अग्रता देखिएको छ भने परम्परागत दलहरू कांग्रेस र एमाले निकै पछाडि परेका छन्। नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाको यो नतिजाले नेपालको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको विश्लेषण गर्न थालिएको

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
शिक्षामा सिप: ‘स्केचिङ एन्ड स्कल्प्चर प्रदर्शनी २०२६’ सुरु

शिक्षामा सिप: ‘स्केचिङ एन्ड स्कल्प्चर प्रदर्शनी २०२६’ सुरु

शिक्षामा सिप: ‘स्केचिङ एन्ड स्कल्प्चर प्रदर्शनी २०२६’ सुरु...

भारत–नेपालको पुनःपरिभाषित सम्बन्धबारे छलफल गर्ने समय आएको छ: प्रधानमन्त्री मोदीका पूर्व सल्लाहकार पंकज सरन

भारत–नेपालको पुनःपरिभाषित सम्बन्धबारे छलफल गर्ने समय आएको छ: प्रधानमन्त्री मोदीका पूर्व सल्लाहकार पंकज सरन

भारत–नेपालको पुनःपरिभाषित सम्बन्धबारे छलफल गर्ने समय आएको छ: प्रधानमन्त्री मोदीका पूर्व सल्लाहकार पंकज सरन...

‘विमेन डेलिभर २०२६’ सम्पन्न, नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्वमञ्चमा

‘विमेन डेलिभर २०२६’ सम्पन्न, नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्वमञ्चमा

‘विमेन डेलिभर २०२६’ सम्पन्न, नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्वमञ्चमा...

काठमाडौंका नदीकिनारका जोखिमपूर्ण वस्ती खाली गराइने

काठमाडौंका नदीकिनारका जोखिमपूर्ण वस्ती खाली गराइने

काठमाडौंका नदीकिनारका जोखिमपूर्ण वस्ती खाली गराइने...

सुकुम्बासीकाे तथ्यांक संकलन सम्बन्धमा नेपाली सेनाबाट स्पष्टीकरण

सुकुम्बासीकाे तथ्यांक संकलन सम्बन्धमा नेपाली सेनाबाट स्पष्टीकरण

सुकुम्बासीकाे तथ्यांक संकलन सम्बन्धमा नेपाली सेनाबाट स्पष्टीकरण...

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्