चुनावमा हार प्राविधिक विषय मात्र : कुलमान घिसिङ


अ+
अ-

काठमाडौं, फागुन २६ । उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङले देशलाई केवल नाराले नभई स्पष्ट दृष्टिकोण, ठोस योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। विगतमा धेरै आन्दोलन र घोषणा भए पनि कार्यान्वयन कमजोर भएकाले समस्या ज्यूँका त्यूँ रहेको उनको भनाइ छ। “एउटा पुल बनाउन १५ वर्ष लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय गर्न नसक्ने प्रणालीले विकासलाई रोकिरहेको छ,” उनले उल्लेख गरेका छन्।
चुनाव परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले देशभर पार्टीका उम्मेदवारलाई मतदान गर्ने तथा सद्भाव राख्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै उनले बजेट खर्च हुन नसकेको, विकास सुस्त भएको र जनताको आशा बारम्बार निराशामा बदलिएको बताएका छन्। उनले आफूहरूले विगतमा ऊर्जा क्षेत्र सुधार गर्दै १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालो बनाउन सफल भएको उदाहरण पनि प्रस्तुत गरेका छन्।
उनका अनुसार एक समय करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत् पुगेको अवस्थामा अहिले करिब ९९ प्रतिशतसम्म विस्तार गरिएको छ। नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बन्न सक्ने आत्मविश्वास दिलाइएको उनले उल्लेख गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा छोटो समयमै विभिन्न महत्वपूर्ण काम अघि बढाइएको उनले स्मरण गरेका छन्। बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने, बाढीले क्षति पुर्‍याएका सडक पुनः सञ्चालन गर्ने तथा वर्षौँदेखि अलपत्र परेका विकास आयोजनाहरूको ठेक्का तोड्ने जस्ता काम गरिएको उनले बताएका छन्।
त्यसैगरी बुढीगण्डकी, माथिल्लो अरुण र किमाथांका अरुणजस्ता ठूला जलविद्युत् आयोजनाहरू स्वदेशी लगानीमै निर्माण गर्न सकिने मोडालिटी तय हुनु पनि महत्वपूर्ण उपलब्धि भएको घिसिङको दाबी छ।
उनले आफूहरू काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको उल्लेख गर्दै लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जिते पनि यसपटक मतमा जित हासिल गर्न नसकेको स्वीकार गरेका छन्। तर चुनावमा हारलाई उनले “प्राविधिक विषय मात्र” भएको बताएका छन्।
घिसिङले छोटो समयमै जनताबाट प्राप्त माया, विश्वास र सद्भावलाई आफ्नो लागि ठूलो ऊर्जा र मार्गदर्शनका रूपमा लिएको बताएका छन्।
चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो जनमत प्राप्त भएको उल्लेख गर्दै उनले नयाँ सरकारलाई सुशासन कायम गर्दै आर्थिक समृद्धिको जनअपेक्षा पूरा गर्न शुभकामना दिएका छन्। साथै सरकारका राम्रा कामको समर्थन गर्ने र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने उनले बताएका छन्।
घिसिङले अन्त्यमा चुनाव परिणामबाट निराश नहुने र उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्