प्रतिनिधि सभा चुनाव: राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, नेपाली कांग्रेस दोस्रो


अ+
अ-

काठमाडौं, फागुन २५ । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक परिणामअनुसार दलगत रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट विवरणअनुसार हालसम्म प्राप्त मत तथा जितको आधारमा उक्त पार्टी सबैभन्दा अगाडि रहेको देखिएको हो।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ हालसम्म प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ स्थानमा विजय हासिल गरेको देखिएको छ। सोही आधारमा नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै १७ स्थानमा विजयी भएको छ। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले ८ स्थान जितेको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ७ स्थानमा विजय हासिल गरेको छ। अन्य दलहरू भने थोरै स्थानमा सीमित देखिएका छन्।
समानुपातिक परिणामतर्फ हेर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत प्राप्त गरेको देखिन्छ। हालसम्म प्रणालीमा प्रविष्ट विवरणअनुसार उक्त पार्टीले ४१ लाख १० हजार ६ सय ९४ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ७७ हजार ७ सय १७ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ११ लाख ६२ हजार ७ सय २ मत पाएको छ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ५ लाख ९९ हजार ५ सय ९४ मत प्राप्त गरेको देखिएको छ। श्रम संस्कृति पार्टीले २ लाख ९७ हजार ४ सय ७१ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ८० हजार ३५ मत प्राप्त गरेको छ। जनता समाजवादी पार्टी नेपालले १ लाख २९ हजार ३ सय २३ मत प्राप्त गरेको विवरणमा उल्लेख छ।
निर्वाचन आयोगको प्रणालीमा देशभरका मतगणना स्थलबाट विवरण क्रमशः प्रविष्ट हुँदै गएकाले मतपरिणाममा अझै परिवर्तन हुन सक्ने देखिन्छ। आयोगका अनुसार सबै क्षेत्रको अन्तिम परिणाम प्राप्त भएपछि मात्र प्रतिनिधि सभाको पूर्ण दलगत तस्वीर स्पष्ट हुनेछ।
यसपटकको निर्वाचनमा नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मतसहित अग्रता बनाएको देखिँदा देशको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको विश्लेषण हुन थालेको छ। पारम्परिक रूपमा शक्तिशाली मानिएका दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) भने मत तथा जित दुवैमा पछाडि परेको प्रारम्भिक तथ्यांकले देखाएको छ।
निर्वाचन आयोगले मतगणना जारी रहेको र देशभरका सबै क्षेत्रको अन्तिम परिणाम क्रमशः सार्वजनिक हुँदै आएकाे छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्