कवि दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज


अ+
अ-

काठमाडौं, भदौ २ । नेपालभाषाको काव्य क्षेत्रमा अत्यन्त चर्चित र मानक कविका रुपमा लिइने दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज मंगलवार परम्परागत विधिअनुसार काठमाडौंको कर्णदीपमा हुने भएको छ । आइतवार बेलुका आफ्नै निवासमा उहाँको निधन भएको थियो । 

अन्त्येष्टीअघि अन्तिम श्रद्धाञ्जलीका लागि नेपालभाषा मंकाः खलःको कार्यालयमा विहान ११ बजेदेसिख २ बजेसम्म राखिने छ । उहाँको शवयात्रा मंकाःखलःको कार्यालयबाट शोभा भगवति पुल हुँदै धल्को, क्षेत्रपाटी, थँहिति, थाय्मदु, न्हाय्कंत्वाः, असं, जनबहाः, वंघः, किलाघः, न्यतः, त्यंघः, क्षेत्रपाटी, जोगिंपाखा भई कर्णदीपमा पु¥याएर अन्तिम संस्कार सम्पन्न गरिने छ । 

९३ वर्षका कवि श्रेष्ठले जीवनभर नेवार, नेपालभाषा, साहित्य र संस्कृतिको क्षेत्रमा सिर्जनात्मक कार्यमा लाग्नुका साथै भाषिक अधिकार तथा जातीय अधिकारका लागि संघर्षरत् हुनुभयो । कविता र गीतका साथै उहाँले गीतिनाटक, एकांकी नाटक तथा अनुवाद कार्यमा पनि लाग्नु भएको छ । रुसीभाषाका महाकवि अजेक्जेन्डर पुस्किन तथा हिन्दी भाषाका चर्चित कवि हरिवंशराय बच्चनका काव्यहरु पनि नेपालभाषामा अनुवाद गर्नुभएको छ । यसरी नै पछिल्लो समयमा नेपाली भाषामा पनि गीतहरु लेख्नु भएको छ । नेपाली भाषामा उहाँले सिर्जना गर्नु भएको गीतहरुमा "फूलको आँखामा फूलै संसार" अत्यन्तै चर्चित छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति...

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य...

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता...

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्