परराष्ट्र मन्त्रालयले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’


अ+
अ-

काठमाडौं, साउन २१ । परराष्ट्र मन्त्रालयले अनुसन्धानमा आधारित नीति निर्माणलाई सुदृढ गर्ने उद्देश्यले पहिलोपटक ‘मोफा नलेज फोरम’ सुरु गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले फोरमको शुभारम्भ गरे।
फोरमको पहिलो सत्रमा शगुनी सिंह शाक्यले ‘उपहार आदानप्रदानमार्फत कूटनीतिक प्रवर्द्धन’, आवास पियाले ‘विकास सहायता’ तथा डा. सन्तोष शर्मा पौडेलले ‘नेपालको कूटनीति’ विषयमा कार्यपत्र प्रस्तुत गरे। त्यसपछि परराष्ट्रमन्त्री खनालसहित मन्त्रालयका वरिष्ठ अधिकारी र अधिकृतहरूले कार्यपत्रमाथि छलफल गर्दै आ–आफ्ना धारणा राखे।
कार्यक्रममा परराष्ट्रमन्त्री खनालले अनुसन्धानले ज्ञान बढाउने र ज्ञानले नीति निर्माणमा सहयोग पुर्‍याउने बताए। उनले आगामी पाँचदेखि १० वर्षमा नेपालको परराष्ट्र नीति कुन दिशामा अघि बढ्ने भन्ने विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता छलफलले त्यसतर्फ मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।
उनले भने, “अब के हुनुपर्ने हो भन्ने विषय महत्वपूर्ण छ। हामी आगामी पाँच वा १० वर्षमा कहाँ र कसरी अघि बढ्छौँ भन्ने हो। यस्ता छलफलहरूले हामीलाई त्यसतर्फ अघि बढ्न डोर्‍याउनेछन्।”
मन्त्रालयका अनुसार ‘मोफा नलेज फोरम’ मासिक रूपमा सञ्चालन हुने कार्यक्रम हो। यसमार्फत परराष्ट्रमन्त्री, वरिष्ठ अधिकारी, अनुसन्धानकर्ता, प्राज्ञ, थिङ्क ट्याङ्क तथा विषयविज्ञबीच प्रत्यक्ष संवाद गराइनेछ।
फोरमको उद्देश्य प्रमाणमा आधारित अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्नु हो। प्रकाशित सामग्रीमा मात्र सीमित नरही अनुसन्धानकर्ता तथा विज्ञसँग प्रत्यक्ष संवाद गरी नीतिगत निर्णयलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
साथै, विभिन्न विषय र साझेदारसँग सम्बन्धित नीतिगत कार्यमा उपयोग गर्न सकिने गरी विज्ञहरूसँगको अन्तरक्रिया तथा संलग्नताको व्यवस्थित अभिलेख तयार गर्ने उद्देश्य पनि फोरमको रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाका प्रमुख सहसचिव कौशल किशोर रायले ‘मोफा नलेज फोरम’ प्रत्येक महिनामा एकपटक सञ्चालन हुने जानकारी दिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा...

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य...

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ...

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड...

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्