आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव


अ+
अ-

काठमाडौँ, साउन १० । काठमाडौँ उपत्यकामा बढ्दो पानीको अभाव र भूमिगत पानीको सतह घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै वातावरण तथा जलप्रणाली विज्ञहरूले खानेपानीका लागि बाहिरी स्रोतमा मात्र निर्भर नभई आकाशे पानी संकलन र जमिन पुनर्भरण (रिचार्ज) प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएका छन्।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आयोजना गरेको परामर्श बैठकमा विज्ञहरूले प्राकृतिक पानीका स्रोत संरक्षण, भूमिगत पानीको पुनर्भरण तथा ‘ब्लु ल्याण्डस्केप’मा आधारित योजना कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
बैठकमा काठमाडौँ महानगरपालिकाभित्र पानीको अभाव हुन नदिन स्थानीय तहले अवलम्बन गर्नुपर्ने नीति, कार्यक्रम तथा कार्यान्वयनका उपायबारे छलफल भएको थियो। विज्ञहरूले टाढाटाढाबाट ल्याइने खानेपानी वितरण प्रणालीमा मात्र भर पर्दा दीर्घकालीन समाधान नहुने उल्लेख गर्दै वर्षायाममा खेर जाने पानी संकलन गरी जमिनमा पुनर्भरण गर्ने प्रणाली विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
उनीहरूले भूमिगत पानीको सतह उकास्न, परम्परागत पोखरी, इनार, ढुंगेधारा तथा अन्य प्राकृतिक जलस्रोतको संरक्षणसँगै आधुनिक पुनर्भरण प्रविधिको प्रयोग आवश्यक रहेको बताएका थिए। साथै, जल व्यवस्थापनका कार्यक्रम प्रभावकारी बनाउन महानगरभित्रका विभिन्न विभागबीच समन्वय र संघ, प्रदेश तथा सरोकारवाला निकायसँगको सहकार्यलाई पनि सुदृढ बनाउनुपर्ने सुझाव दिएका थिए।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले भूमिगत पानीको सतह वृद्धि, प्राकृतिक जलस्रोत संरक्षण तथा महानगरका जलसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन विभागीय प्रमुखहरूलाई आपसी समन्वयका साथ योजनाबद्ध रूपमा काम गर्न निर्देशन दिएकी थिइन्।
महानगरपालिकाका अनुसार काठमाडौँको जल सुरक्षा सुनिश्चित गर्न प्राकृतिक पानीका स्रोतको संरक्षण, वर्षाको पानीको उपयोग तथा भू–पुनर्भरण प्रणालीलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम तर्जुमा गरिनेछ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ...

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड...

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड...

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद...

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न...

एनडिआरआरएमएकाे कार्यकारी प्रमुखमा डा. धरमराज उप्रेती नियुक्त

एनडिआरआरएमएकाे कार्यकारी प्रमुखमा डा. धरमराज उप्रेती नियुक्त

एनडिआरआरएमएकाे कार्यकारी प्रमुखमा डा. धरमराज उप्रेती नियुक्त...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्