आज देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना


अ+
अ-

काठमाडौँ, जेठ १५ । देशभर आज सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले शुक्रबार बिहान ८ बजे जारी गरेको मौसम पूर्वानुमानअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। विभागका अनुसार सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रका धेरै स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले सम्भावित वर्षा, चट्याङ र हावाहुरीबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
कर्मचारीको तलबवृद्धि

कर्मचारीको तलबवृद्धि

कर्मचारीको तलबवृद्धि...

आर्थिक वर्ष २०८३/८४ काे बजेट: कर प्रणालीमा व्यापक सुधार, सरकारी संरचनामा कटौती, निजी क्षेत्र प्रवर्द्धन

आर्थिक वर्ष २०८३/८४ काे बजेट: कर प्रणालीमा व्यापक सुधार, सरकारी संरचनामा कटौती, निजी क्षेत्र प्रवर्द्धन

आर्थिक वर्ष २०८३/८४ काे बजेट: कर प्रणालीमा व्यापक सुधार, सरकारी संरचनामा कटौती, निजी क्षेत्र प्रवर्द्धन...

माैसम विभागकाे हावाहुरी सम्बन्धी चेतावनी

माैसम विभागकाे हावाहुरी सम्बन्धी चेतावनी

माैसम विभागकाे हावाहुरी सम्बन्धी चेतावनी...

१९ आैं गणतन्त्र दिवसमा राष्ट्रपतिको पहिलो सम्बोधन

१९ आैं गणतन्त्र दिवसमा राष्ट्रपतिको पहिलो सम्बोधन

१९ आैं गणतन्त्र दिवसमा राष्ट्रपतिको पहिलो सम्बोधन...

राजदूत नियुक्तिमा खुल्ला प्रतिस्पर्धा: निर्णयप्रति कमल थापाको आपत्ति

राजदूत नियुक्तिमा खुल्ला प्रतिस्पर्धा: निर्णयप्रति कमल थापाको आपत्ति

राजदूत नियुक्तिमा खुल्ला प्रतिस्पर्धा: निर्णयप्रति कमल थापाको आपत्ति...

गणतन्त्रको रक्षा गर्न ओलीको आह्वान

गणतन्त्रको रक्षा गर्न ओलीको आह्वान

गणतन्त्रको रक्षा गर्न ओलीको आह्वान...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्