काठमाडौं, जेठ १३ । सर्वोच्च अदालतले अदालतहरूमा गोला प्रक्रियाद्वारा हुँदै आएको पेशी व्यवस्थापन परिवर्तन गर्ने विषयमा कुनै आधिकारिक छलफल र धारणा नरहेको स्पष्ट पारेको छ।
बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अदालतले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित ‘गोला प्रक्रियाको विकल्प खोजिने’ जस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रुपमा चर्चा र छलफल नभएको तथा गोला प्रक्रिया परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रुपमा कुनै धारणा नरहेकोले उक्त समाचार तथ्यमा आधारित नभएको जानकारी गराइन्छ।”
सर्वोच्च अदालतका प्रवक्ता सह–रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा गोला प्रक्रियाबाट नै हाल मुद्दाको पेशी व्यवस्थापन भइरहेको उल्लेख छ।
More from NewaTimes
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment