काठमाडौँ, वैशाख १८ । काठमाडौँ महानगरपालिकाको-१९ कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर वुद्ध मूर्ति स्थापना गरिएको छ । वुद्ध जयन्तीको अवसर पारेर आज वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले मूर्ति सार्वजनिक गरेका थिए ।
सार्वजनिक गरिएको मूर्तिलाई करिब ४ फिट अग्लो आसनमा राखिएको छ । यसको निर्माण लागत करिब २८ लाख रुपियाँ रहेको वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले जानकारी दिए ।
‘यस स्थानलाई हामीले वुद्ध पार्क नामाकरण गरेका छौँ । पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकमैत्री बनाउँछौँ । त्यसपछि यसको व्यवस्थापन गर्ने दायित्व स्थानीयलाई दिन्छौँ । वडाले अभिभावक भएर पार्कको संरक्षण गर्नेछ ।’ श्रेष्ठले बताए, ‘निर्माण गर्नुभन्दा संरक्षण र व्यवस्थापन गर्न कठिन छ । त्यसैले पार्क उपयोगमा सबैले अपनत्व र दायित्व लिन आवश्यक छ ।’
मूर्ति सार्वजनिक गर्नुअघि स्थानीयहरुले वडाभित्रका विभिन्न स्थानमा अस्थिधातु यात्रा गरेका थिए । त्यसपछि नमूना विहारमा वुद्धको पूजाआराधना गरिएको थियो ।
More from NewaTimes
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment