खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्र संरक्षण गर्न तारबार लगाउने


अ+
अ-

काठमाडौं, वैशाख १४ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अव्यवस्थित बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल तारबार लगाउने काम अघि बढाउन निर्देशन दिएकी छन् ।
थापाथलीस्थित वागमती नदी किनारामा हालै खाली गराइएको क्षेत्रको स्थलगत निरीक्षणपछि उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्। यसका लागि अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति लगायत सरोकारवाला निकायसँग सहकार्य गर्न भनिएको छ।
महानगरका सार्वजनिक निर्माण विभागमार्फत तारबार लगाउने कार्य शीघ्र सुरु गरिने जनाइएको छ। खाली गराइएका तथा आगामी दिनमा खाली गराइने स्थानहरूको संरक्षणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइने महानगरको तयारी छ।
यसैबीच, कार्यवाहक प्रमुख डंगोलले आइतबार नागार्जुनको इचङ्गुस्थित कोलोनी क्षेत्रको पनि निरीक्षण गरेकी छिन् । त्यहाँको भौतिक अवस्थाबारे जानकारी लिँदै वास्तविक भूमिहीन नागरिकलाई व्यवस्थित रूपमा बसोबास गराउने योजना रहेको बताइएको छ।
महानगरले अव्यवस्थित बस्ती व्यवस्थापनसँगै सार्वजनिक जग्गा संरक्षणलाई सँगसँगै अघि बढाउने नीति लिएको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्