नागार्जुनको जामाचोमा पदयात्राको क्रममा लडेर बेहोस भएकी महिलाको सेनाले गर्यो उद्धार

अ+
अ-

काठमाडौं, वैशाख ५ । काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–१ जामाचोमा क्षेत्रमा पदयात्रा (हाइकिङ) गर्ने क्रममा खुट्टा अल्झिएर करिब ५० मिटर तल खस्दा बेहोस भएकी एक युवतीको नेपाली सेनाको भैरवीदल गणले उद्धार गरेको छ।

धादिङ जिल्ला घर भएकी २९ वर्षीया ती महिला बैशाख ०५ गते पदयात्राको क्रममा सडकबाट चिप्लिएर भीरमा खस्न पुगेकी थिइन्। दुर्घटनापछि उनी गम्भीर घाइते भई बेहोस अवस्थामा फेला परेकी थिइन्।

घटनाको जानकारी पाएलगत्तै नेपाली सेनाको भैरवीदल गणबाट विशेष उद्धार टोली तत्काल खटिएको थियो। कठिन भौगोलिक अवस्थाको बीच पनि सैनिक टोलीले साहस र दक्षता देखाउँदै ती महिलालाई सुरक्षित रूपमा बाटोमा उकासेको थियो। स्थानीय र अन्य सहयोगीको पनि साथ पाएको टोलीले घाइते महिलाको प्राथमिक उपचार गरी थप उपचारका लागि नजिकैको अस्पताल पठाएको छ।

नेपाली सेनाले आफ्नो सामाजिक सञ्जालमा यो जानकारी सार्वजनिक गर्दै उद्धार कार्यलाई सफलता पूर्वक सम्पन्न गरेको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्