काठमाडौँ, चैत १८ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को लागि स्थगन गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आगामी चैत २२ गतेदेखि पुनः सुचारु गर्ने निर्णय गरेको छ । आयोगको आजको बैठकले उक्त निर्णय गरेको हो ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकले भने आयोगको ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औंठाछापसहितको जैविक विवरण दिन प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ ।
यसैगरी, मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने (नाम, थर, ठेगाना; एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदान स्थल रहेकोमा पायक पर्ने स्थानमा नाम सार्ने; नागरिकताअनुसारको विवरण नभई अन्यथा भएमा सच्याउने), दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइसराइको विवरण अद्यावधिक गर्ने कार्य पनि अनलाइन माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
More from NewaTimes
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment