सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त


अ+
अ-

काठमाडौँ, चैत १८ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाशमा गएपछि वरिष्ठतम न्यायाधीश मल्लले स्वतः यो जिम्मेवारी सम्हालेकी हुन्।

नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। यस संवैधानिक प्रावधानअनुसार उनी कामु प्रधानन्यायाधीशको भूमिकामा आसीन भएकी हुन्।
बरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य बनिरकेकी सपना प्रधान मल्ल संविधानसभामा उनले विधायिका, न्यायपालिका र संवैधानिक विधायनसम्बन्धी महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनी २०६४ देखि २०६९ सम्म संविधानसभा सदस्य रहिन् ।
२०६९ सालमा बरिष्ठ अधिवक्ताको उपाधि पाएकी सपनाले १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् भने सर्वोच्च अदालतमा करिव एक दशक कार्यरत रहँदा लैंगिक न्याय, लैंगिक एवं घरेलु हिंसा एवं संवैधानिक मामिला जोडिएका कैयौ मुद्दामा दुरगामी असर पार्ने नजिर प्रतिपादन गरेकी थिइन् ।
न्यायपरिषदले अघिल्लो महिना नै प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको रोष्टर (सूची) संवैधानिक परिषदमा पठाएको थियो । त्यतिबेला परिषदले बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सूचीमा समावेश गरेको थियो । संविधान अनुसार, सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको र ६५ वर्ष उमेर नपुगेको व्यक्ति प्रधानन्यायाधीश हुन योग्यता पुगेको मानिन्छ ।

को हुन् सपना प्रधान मल्ल?

वरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य रहेकी सपना प्रधान मल्लको जन्म वि.सं. २०१७ सालमा भएको थियो। उनले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेसँगै कानूनी पेशामा प्रवेश गरेकी हुन्। दिल्ली विश्वविद्यालयमा कानूनमै स्नातकोत्तर गरेकी सपनाले अमेरिकाको हार्वर्डबाट जनप्रशासनमा स्नातकोत्तर गरेकी छन् ।

वि.सं. २०७३ साउन १७ गते उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भइन्। उनको नियुक्तिपछि सर्वोच्च अदालतमा महिला न्यायाधीशको संख्यामा वृद्धि भएको थियो। न्यायाधीश मल्ल सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति पाउने नेपालकी दोस्रो महिला हुन्।

कानूनी यात्रा र योगदान

न्यायाधीश मल्लले सर्वोच्च अदालतमा करिब एक दशक कार्यरत रहँदा लैंगिक न्याय, लैंगिक एवं घरेलु हिंसा, महिला अधिकार तथा संवैधानिक मामिलाहरूमा महत्वपूर्ण फैसला गरेकी छिन्। उनको नेतृत्वमा रहेको इजलासले दूरगामी प्रभाव पार्ने धेरै नजिरहरू प्रतिपादन गरेको छ।

मानव अधिकार, सामाजिक न्याय र समानताका विषयमा उनका फैसलाहरू विशेष रूपमा चर्चित छन्। न्यायाधीश मल्लले न्यायिक स्वतन्त्रता, पारदर्शिता र संवैधानिक मूल्य र मान्यताको संरक्षणमा जोड दिँदै आएकी छन्।

कामु प्रधानन्यायाधीशको जिम्मेवारी

प्रधानन्यायाधीशको पद रिक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार वरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन्। संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइपछि मात्र पूर्ण प्रधानन्यायाधीश नियुक्त हुने प्रावधान रहेको छ।

सपना प्रधान मल्ल नेपालको न्यायिक इतिहासमा कामु प्रधानन्यायाधीशको रूपमा नियुक्त हुने दोस्रो महिला पनि हुन्। यसअघि न्यायाधीश सुशीला कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्। कार्की २०७३ असारदेखि २०७४ जेठसम्म प्रधानन्यायाधीश भएकी थिइन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Amika Rajthala

More from Amika Rajthala

Explore more articles by this author
कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

Epstein scandal: Journalist Julie K. Brown exposes powerful men

Epstein scandal: Journalist Julie K. Brown exposes powerful men

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपति...

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले ...

TEMPLES AND WOMEN PRIESTS

TEMPLES AND WOMEN PRIESTS

Most of the temples are dominated by women, but there are no priests. When such scenes are seen everywhere, women as pri...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्