काठमाडौं, चैत ११ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबीच पश्चिम एसियाको पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै संवादमा पश्चिम एसियाको विकसित परिस्थितिबारे विचार आदान–प्रदान भएको जनाएका छन्। उनले भारतले तनाव न्यूनीकरण र छिट्टै शान्ति पुनःस्थापनाको पक्षमा रहेको स्पष्ट पारे।
मोदीका अनुसार विश्व व्यापार र ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ हाेर्मूज खुला, सुरक्षित र सहज रूपमा सञ्चालनमा रहनु आवश्यक रहेको विषयमा दुवै नेताबीच सहमत भएको छ।
दुवै पक्षले क्षेत्रीय शान्ति र स्थायित्वका लागि भइरहेका प्रयासहरूबारे निरन्तर सम्पर्कमा रहने सहमति पनि गरेका छन्।
पश्चिम एसियामा बढ्दो तनावका बीच दुई शक्तिशाली देशका नेताबीच भएको यो संवादलाई शान्ति पहलका रूपमा हेरिएको छ।
More from NewaTimes
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment