‘सह– अस्तित्व’ चित्रकला प्रदर्शनी शुरू


अ+
अ-

काठमाडौं, चैत ७। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा शनिवार ६१ औँ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको सन्दर्भ पारेर कलाकार राजकुमार बिकको एकल चित्रकला प्रदर्शनी ‘सह– अस्तित्व’ सुरु भएको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य हरिप्रसाद भुसालले आफू पनि कला क्षेत्रसँगै जोडिएको व्यक्ति भएकाले समाजसँग जोडिएको महत्त्वपूर्ण विषयमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । उनले प्रदर्शनीमा राखिएका कलामा रङ र आकृति मात्र नभई मानवीय आवाज, संवेदना प्रकट भएको विचार व्यक्त गरे ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार राजकुमार बिकले समाजमा छुवाछुतविरुद्धको अनुभूतिगत भाव सन्देशात्मक अभिव्यक्ति आफ्ना चित्र, रचनाहरूमा गरेको बताए । उनले बिकले विभेदको मुद्दालाई आफ्नो "कन्टेन्ट कन्सेप्ट राखेर क्राफ्टम्यानसिप" स्वरूपमा सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि कलात्मक विद्रोहको अभियान आफ्ना रचनाहरूमा समावेश गरिएको विचार व्यक्त गरे ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले हाम्रा मौलिक, रैथाने शिल्पज्ञान कला, सिप सिर्जनालाई प्रवर्धन तथा संरक्षण गर्न अपरिहार्य रहेको बताउँदै राजकुमार विकका कलामा मौलिकताका साथ प्रकृति, संस्कृति तथा समाजको चित्रण भएको उल्लेख गरे । समाजमा उत्पीडनमा परेका समुदायका विषयलाई केन्द्रीकृत गर्दै सामाजिक जागरण, सचेतना विषयलाई राजकुमार विकले आफ्नो कलामा उठाएकाे थुम्केलीकाे कथन थियाे।
प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले ६१ औँ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको सन्दर्भ पारेर यस किसिमको कार्यक्रम गरिनुले समाजमा सहअस्तित्व र समानताका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
प्रतिष्ठानका लुम्बिनी प्रदेश समन्वय समिति संयोजक तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावलाई जोड्दै यस कार्यक्रमको आयोजना गरिएको बताए ।
पूर्व सचिव डा. मानबहादुर बिकले देशका विभिन्न भागमा छरिएर रहेका प्रतिभाहरूलाई खोजी गरी तिनका कलालाई मूलधारमा ल्याउन प्रतिष्ठानले गरेको प्रयास प्रशंसनीय रहेको बताए ।
कलाकार राजकुमार बिकले कलाको विषयगत धरातलमा शोषित तथा उत्पीडित समुदायका कथा र अनुभूतिलाई रङ र ब्रसका माध्यमबाट क्यानभासमा जीवन्त बनाउँदै यस प्रदर्शनीमार्फत श्रमचेतना, सामाजिक जागरण र सचेतनालाई अझ सशक्त ढङ्गबाट उठान गरेको बताएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, प्राज्ञसभा सदस्य चन्द्रकुमार राई, अग्रज कलाकारहरू राधेश्याम मुल्मी, अशोकमान सिंह, पूर्व सचिव डा. मानबहादुर बिक, डा. द्रोण रसाली, नेपाल कमर्सियल आर्टिस्ट सङ्घका कार्यवाहक अध्यक्ष सुभाष शाक्य, तानसेन गुठीका पूर्वअध्यक्ष प्रमी श्रेष्ठसँगै कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
चैत १० गतेसम्म चल्ने प्रदर्शनीमा ३५ कलाकृति राखिएका छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो...

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा...

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्