पश्चिम एशियाली संकटमा नयाँ मोड: इरानविरुद्धको सैन्य अभियानलाई क्रमशः टुङ्ग्याउने याेजना सार्वजनिक
काठमाडौं, चैत ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानलाई क्रमशः टुङ्ग्याउने
योजना सार्वजनिक गरेका छन्, जसले २०२६ को पश्चिम एशियाली संकटमा नयाँ मोड ल्याएको छ।
राेयटर्सका अनुसार ट्रम्पले वासिङ्टनबाट फ्लोरिडा जाँदा आफ्नो राष्ट्रपतीय विमान “एयर फोर्स वान” मा प्रेससँग आफ्ना पछिल्ला ‘ट्रुथ सोसल’ पोस्टहरू बाँड्दै भनेका हुन् कि अमेरिकाले इरानमा अब लक्ष्य ‘लगभग प्राप्त’ गरेको र अब सैन्य प्रयास सीमित गर्दै अन्तिम चरणमा जानुपर्ने बेला आएको छ।
युद्धको पृष्ठभूमि
अमेरिका र इजरायलले इरानविरुद्ध हवाई र समुद्रमार्गी सेन्य कारबाही २०२६ फेब्रुअरी २८ मा सुरु गरेका थिए, जसको मुख्य उद्देश्य होर्मुज स्ट्रेट मार्फत कच्चा तेल र व्यापार मार्ग खोल्नु र इरानको मिसाइल तथा रक्षा क्षमतालाई कमजोर पार्नु थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलले संयुक्त सैन्य कारबाही सुरु गरेपछि इरानमा ठूलो राजनीतिक र सैन्य परिवर्तन आएको छ। २०२६ फेब्रुअरी २८ मा भएको हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई र उनका केही उच्च अधिकारीहरू मारिएकाे १ मार्चमा पुष्टि भएकाे थियाे ।
हमला र त्यसको प्रभाव
फेब्रुअरी २८ मा भएको हवाई आक्रमण " अपरेशन लायन्स राेर "अन्तर्गत टार्गेटिङ गरिएको थियो।
आक्रमणको तुरुन्तै प्रतिवादमा इरानले मिसाइल र ड्रोनमार्फत इजरायल र अन्य मध्य पूर्वका देशहरूमा प्रहार गरेको थियो।घटनाले क्षेत्रीय तनावमा वृद्धि ल्याइदिएको छ र होर्मुज स्ट्रेट बन्द भएकोले विश्व तेल बजारमा ठूलो अस्थिरता देखिएको छ। इरानले प्रतिउत्तरमा स्ट्रेट बन्द गरिदिएको र त्यसपछि अमेरिकी–इजरायली सेन्य प्रयासलाई तीव्र बनाएको थियो, जसले वैश्विक तेल बजारमा दबाब सिर्जना गरेको छ।
‘वाइन्डिङ डाउन’ – युद्ध टुङ्ग्याउने रणनीति तथा
ट्रम्पले सार्वजनिक रूपमा युद्ध रोक्ने स्थायी शान्ति सम्झौता भने अस्वीकार गरेका छन् । तर “अब हाम्रो लक्ष्य लगभग पूरा भएकोले सैन्य अभियानलाई क्रमशः टुङ्ग्याउने” संकेत दिएका छन्। उनकाे कथन छ,
“हामी लक्ष्य नजिक छौँ … अब यो सम्भवतः अन्त्यतिर जान सक्नेछ।”
यसैबिच, उनले होर्मुज स्ट्रेटलाई पुनः सुरक्षित बनाउन सँगै रहेका सम्बन्धित देशहरुलाई अधिक जिम्मेवारी लिन आग्रह गरेका छन्, र आवश्यक परे अमेरिकाले सहयोग गर्ने पनि बताएका छन्।
अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले मङ्गलवारका लागि सबैभन्दा ठूलो हवाई जोखीम योजनामा छ भनेर संकेत गरेका छन्, जसले अझै संघर्ष जारी रहन सक्ने संकेत दिएको दि गार्डियनले उल्लेख गरेकाे छ ।
यसैबीच अमेरिकाले मध्य पूर्वमा थप तीन युद्धपोत तथा हजारौं सैनिक परिचालन गर्ने तयारी गरिरहेको बताइएको छ, जसलाई युद्ध ‘टुङ्ग्याउने’ प्रयोजनभन्दा अगाडि आणविक तथा समुद्री सुरक्षा प्रक्षेपणका रूपमा विश्लेषण गरिएको छ।
यस्तै, तेल बजार स्थिरता मिलाउने उद्देश्यले ट्रम्प प्रशासनले इरानी तेलका केही प्रतिबन्ध ३० दिनका लागि शिथिल गर्ने निर्णय समेत गरेको छ, जसले उत्पादन–आपूर्ति सन्तुलनमा प्रभाव पार्ने अपेक्षा गरिएको महाराष्ट्र टाइम्सले उल्लेख गरेकाे छ।
ट्रम्पको यो ‘टुङ्ग्याउने’ रणनीतिले मिश्रित प्रतिक्रिया पाएको छ ।केही विश्लेषकले यसलाई युद्ध विस्तार रोक्ने सकारात्मक संकेत भनेका छन्, तर
अन्यले चेतावनी दिएका छन् कि यसले क्षेत्रीय तनाव र तेल बजार अस्थिरतालाई अझै चुनौतीमा राख्न सक्छ।
अहिलेसम्म ट्रम्प प्रशासनले औपचारिक रुपमा युद्ध विराम सामरिक वार्ता सुरू गर्ने घोषणा गरेको छैन। वास्तवमा ट्रम्पले पहिले नै ‘शान्ति समझौतामा रुचि नभएको’ स्पष्ट पारेका थिए र द्विपक्षीय युद्ध ‘लामो समयका लागि’ जारी राख्ने संकेत दिएकाे थिए।
विश्लेषकहरूका अनुसार, “टुङ्ग्याउने” घोषणा त्यतिधेरै पूर्ण समाप्तिको संकेत होइन, तर अझै रणनीतिक पुनर्मूल्यांकन र सीमित सैन्य उद्देश्य प्राप्तिको दिशामा कदम हो।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment