एनआरएनएको नयाँ नेतृत्वसँग परराष्ट्रमन्त्रीको भेट, समन्वय र परिणाममुखी सहकार्यमा जोड
काठमाडौं, चैत ७। परराष्ट्रमन्त्री बाला नन्द शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नव–निर्वाचित अध्यक्ष हेमराज शर्मासहित कार्यसमिति सदस्यहरूसँग आज मन्त्रालयमा भेटवार्ता गरेका छन्।
भेटका क्रममा मन्त्री शर्माले नयाँ नेतृत्वलाई बधाई दिँदै देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउन समन्वयात्मक र परिणाममुखी ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
त्यस अवसरमा परराष्ट्र सचिव अमृत बहादुर राईले पनि नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै एनआरएनएको उद्देश्यअनुसार प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरेका थिए।
एनआरएनएका अध्यक्ष तथा सदस्यहरूले मन्त्रालयले राष्ट्रिय एकता सुदृढ बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ समन्वयात्मक र प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनीहरूले नेपालको आर्थिक समृद्धिका लागि ठोस परिणाम दिने गरी सहकार्यलाई अगाडि बढाउने बताएका छन्।
मेगु पोस्त: नेवाः टाइम्स
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment